१३ औँ सागः बंगलादेशले भुटानलाई १० विकेटले हरायो

  |   प्रकाशित :

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत बंगलादेश यू-२३ ले भुटानविरुद्ध १० विकेटेको जित निकालेको छ ।

लगातार दुई खेलमा जित हात पार्दै ४ अंकका साथ बंगलादेश तालिकाको दोस्रो स्थानमा छ । भुटानले दिएको ७० रनको लक्ष्य बंगलादेशले ६.५ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गरेको हो ।

बंगलादेशको जितमा सौम्य सरकारले अविजित ५० तथा मोहम्मद नइमले १६ रनको योगदान गरे । पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६९ रन बनायो । भुटानका तेन्जिङ वान्चुकले सर्वाधिक १५ रन जोड्दा जिग्मे सिंगेले १३ र जिग्मे दोर्जीले १२ रन बनाएका थिए । भुटानका लागि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशका मनिक खानले २ विकेट लिए ।

यसैबीच शुक्रबार नै नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा श्रीलंका यू २३ सँग पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । खेलमा माल्दिभ्सविरुद्ध फराकिलो जित निकाल्न सके नेपालको पनि फाइनल प्रवेशको सम्भावना रहने छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech