चितवनमा कांग्रेस कमजोर छैनः सभापति श्रेष्ठ

  |   प्रकाशित :

भरतपुर । बिहीबार भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले उपनिर्वाचनको नतिजा जितको सुरुवात मात्रै भएको बताएका छन् । 

सभापति श्रेष्ठले वडाको जितलाई महाभारतको रुपमा लिन नहुने बताए । ‘हामी उपनिर्वाचन जित्छौं भनेर लागेका थियौं जित्यौं पनि’, उनले भने, ‘यो जित महाभारत होइन, सुरुवात मात्रै हो ।’

कांग्रेस सभापति श्रेष्ठले चितवनमा नेपाली कांग्रेस कहिल्यै पनि कमजोर नभएको बताए । उनले कांग्रेस चितवनमा कमजोर छैन भन्ने कुरा उपनिर्वाचनको परिणामले पुष्टि गरेको बताए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech