आईसीयूबाटै पक्राउ परेका सिद्धबाबालाई पुनः सात दिन थुनामा राख्न अदालतले दिए अनुमति

  |   प्रकाशित :

विराटनगर ।  सिद्धबाबा भनिने कृष्ण गिरीलाई अनुशन्धानका लागि भन्दै पुनः सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । 

अनुशन्धान नसकिएको भन्दै  आज सुनसरी जिल्ला अदालतले उनलाई पुनः सात दिन थुनामा राख्न अनुमति दिएको हो । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गत मंसिर १६ गते उनलाई विराट नर्सिङ होमको आईसीयूबाटै पक्राउ गरेको थियो । 

पक्राउपछि अदालतमा उपस्थित गराइएका सिद्धबाबाबालाई ४ दिन नियन्त्रणमा लिएर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो । अदालतले दिएको समयसीमामा अनुसन्धान नसकिएपछि प्रहरीले थप समय माग गर्दै पुनः उनलाई अदालतमा पेस गरेको थियो । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech