१३ औं साग: गल्फर सुवासले जिते ऐतिहासिक दुई स्वर्ण

  |   प्रकाशित :

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदमा गल्फर सुवास तामाङले व्यक्तिगत र टिम इभेन्टतर्फबाट दोहोरो स्वर्ण जितेका छन् ।

सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो । १७ वर्षका सुवासले सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरहसित कूल १५ अन्ड २७८ स्कोर बनाए । उनले बंगलादेशका मोहमद फरहादलाई ८ स्ट्रोकले पछि पारे । 

यस्तै टिम इभेन्टतर्फ सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङले स्वर्ण पदक जितेका छन् । महिला टिमतर्फ पनि नेपालले कास्य जित्ने सम्भावना छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech