भन्सार नाकामा अनुगमन तथा गस्ती बढाउने सरकारको तयारी

  |   प्रकाशित :

काठमाडौं । सरकारले संवेदनशिल भन्सार नाकामा अनुगमन तथा गस्ती बढाउने भएको छ ।

चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्ने देखिएपछि राजस्व चुहावट नियन्त्रण उच्चस्तरीय अनुगमन समितिको बैठकले संवेदनशिल मानिएका भन्सार नाकामा केन्द्रिय स्तरका निकायबाटै संयुक्त अनुगमन गर्ने निर्णय गरेको हो ।

अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीका अनुसार भन्सार विभाग, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग र सुरक्षा निकायलगायत राजस्व चुहावट नियन्त्रणमा संलग्न केन्द्रियस्तरका निकायबाट संवेदनशील मानिएका भन्सार नाकामा संयुक्त अनुगमन हुने छ । भन्सार नाकाबाट अस्थायी रुपमा प्रवेश गर्ने यात्रुबाहक सवारी साधन र अन्य सवारी साधनमा समेत भन्सार विभागले कडाइका साथ चेकजाँच गर्ने निर्णय समितिले गरेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech