‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै सडकमा हिँड्नेसँग रकम असुल्ने पक्राउ

  |   प्रकाशित :

जनकपुर। सडकमा हिँड्नेसँग रकम असुली गर्ने एक जना पक्राउ परेका छन् । ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै रकम असुली गर्ने  बस्ने ३० वर्षीय प्रतिक कुमार चौधरी पक्राउ परेका हुन् ।

सर्लाहीको लालबन्दीबाट आएको ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै बाटोमा हिँडडुल गर्ने मान्छेसँग रकम असुली गर्दै गरेको अवस्थामा चौधरीलाई बिहीबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जनकपुर उपमहानगरपालिका-२४ स्थित सोना सति मन्दिर अगाडि सोना पाडा जाने बाटोमा हिँडडुल गर्ने मान्छेसँग चौधरीले पैसा उठाउँदै गरेको अवस्थामा ज२प ७३२४ नम्बरको मोटरसाइकलसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech