एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने ज्ञवालीको प्रतिबद्धता

  |   प्रकाशित :

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माण द्रुत रुपमा भइरहेको जानकारी दिँदै आगामी एक वर्षमा मुख्य संरचना पुनर्निर्माण हुने बताएका हुन् ।

धरहराको पुनर्निर्माण स्पष्ट कार्ययोजना र समय तोकेर गरिरहेका छौं, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने,‘समितिलाई स्पष्ट रुपमा भन्न चाहन्छौं।धरहरा पुनर्निर्माण समयमा नै गर्नेछौं ।’ बैठकमा सांसद कृष्णगोपाल श्रेष्ठले धरहरा बन्नेमा आंशका व्यक्त गरेका थिए । बैठकमा उनले भने,‘धरहरा निर्माण गर्ने कम्पन्नी क्षतिपूर्ति लिने दाउमा छ ।अहिलेको तालले १० वर्षमा पनि बन्दैन ।धरहरा बन्दै बन्दैन । मेरो आपत्ति छ।’

धरहरा पुनर्निर्माण समयमा होस् भनेर आफूले आशंका व्यक्त गरेको भन्दै सांसद श्रेष्ठले धरहरा पुनर्निर्माणलाई समयमा सम्पन्न गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।ुकेहीले धरहरा पुनर्निर्माणको विरोध गरेका छन् । तर, धरहरा पुनर्निर्माणका लागि जनस्तरबाट पूर्ण सहयोग छ।जनताका कारण एक दिन पनि रोकिदैन(उनले भने ।

निर्माणको ठेक्का पाएको जिआइइटिसी–रमन जेभीले एक वर्षदेखि धरहराको पुनर्निर्माण गर्दै आएको छ । प्राधिकरणले धरहराको मुख्य संरचना आगामी एक वर्षभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech