चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक

  |   प्रकाशित :

काठमाडौँ । फागुण ९ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक गरिएको छ ।  

नेपालको पहिलो चलचित्र ‘आमा’को नाम सापटी लिएर बनार्ईएको यस चलचित्रको ट्रेलर बिहिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको हो ।  

मुख्य तीन पात्रहरुको कथामा फोकर्स गरिएको यस चलचित्रमा अस्पतालमा मस्तिष्कमा रगत जमेर अचेत अवस्थामा रहेका बाबु, श्रीमान्को अप्रेशनका लागि संघर्षरत श्रीमति, र विवाहित छोरीको कथा उठाईएको छ ।  

चलचित्रमा ‘आमा’ को भूमिकामा मिथिला शर्मा र छोरीको भूमिका नायिका सुरक्षा पन्त देखा परेकी छिन् । दिपेन्द्र के. खनालले निर्देशन गरेको यस चलचित्रमा मिथिला र सुरक्षासँगै देशभक्त खनाल, सरिता गिरी लगायत कलाकारको भूमिका रहेको छ ।  

डीएस डीजीटलको ब्यानरमा तयार पारिएको यस चलचित्रमा शर्मिला पाण्डेको लगानी रहेको छ । दिर्घ खड्काको सम्पादन, सुवाष भुषालको संगीत रहेको यस चलचित्रमा सहायक निर्देशक सन्तोष अधिकारी रहेका छन् ।  

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech