मिर्गौला रोगीको सख्या बढ्दै, रोग लाग्नुकाे कारण र रोकथाम यस्ताे छः

  |   प्रकाशित :

काठमाडौं । आजभोली नेपालमा मात्र नभएर विश्वमा नै मिर्गौला रोगीको सख्या बढ्दै गएको छ । बदलिँदो जीवनशैली,खानपान,मोटोपनले गर्दा पछिल्लो समय युवा,बुद्धा,बालबालिका सबै उमेर समुहमा मिर्गौलाको समस्या देखिएको छ ।

मानव शरीरमा मिर्गौला दुईवटा हुन्छन् । यो शरीरको निकै महत्वपुर्ण अंग हो । यदी मिर्गौलाले सहि काम गरेन भने मिर्गौलामा त रोग लाग्छ नै अन्य अंगमा पनि गम्भीर प्रकृतिको रोग लाग्न सक्छ । यसकारण मिर्गौला स्वस्थ राख्नमा सचेत हुनुपर्छ ।

मिर्गौलाले शरीर भित्र पसेको कुरा जसको काम हुदैन त्यसलाई बाहिर फाल्ने काम गर्छ । पिसाबमा भएको फोहोरलाई बाहिर फाल्छ । पानीको मात्रा शरीरमा कायम गर्छ । यसले रेनिन नामको इन्जाइम उत्पादन गर्ने हुनाले उच्च रक्तचापबाट बचाउनुका साथै हड्डी बलियो बनाएर रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ ।

मिर्गौला बिग्रने कारण

* वंशाणुगत
* धुम्रपान मध्यपान
* गर्मीमा धेरै काम गर्नु
* पेनकिलरको धेरै प्रयोग
* पानीको कमी
* उच्च रक्तचाप र मधुमेह को समस्या
* ५० भन्दा माथी उमेर बढी भएमा
* तौल बढी भएमा

लक्षण

* हात खुट्टा सुनिने
* भोक नलाग्ने वा धेरै लाग्ने
* वाक्वाकी लाग्ने
*चक्कर लाग्ने
* रक्तअल्पता हुने
* मुख सुख्खा हुने
* पिसाब छिटोछिटो लाग्ने
* पिसाब धमिलो तथा फीज आउने
* अन्य रोगको उपचारमा औषधीले काम नगर्नु

रोकथाम

* मिर्गौलाको नियमित परिक्षण गर्ने
* स्वच्छ पानी प्रशस्त पिउने
* सक्रिय जीवन अपनाउने
* नियमित व्यायम गर्ने
* बालबालिकालाई ज्वरो आउदा प्रत्येक पटक पिसाब परिक्षण गराउने ।
* नियमित रक्तचापको परिक्षण गर्ने
* प्रशस्त झोलीलो खानेकुरा खाने

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech