बाक्लो हुस्सुसँगै बढेको अत्यधिक चिसोले राजविराजका विद्यालय बन्द

  |   प्रकाशित :

सप्तरी (सिमरा) । राजविराज नगरपालिकाका सम्पूर्ण विद्यालय अगामी तीन दिनका लागि बन्द गरिने भएको छ ।  

राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव द्वारा जारी  विज्ञप्तिमा केही दिनयता अत्यधिक चिसो बढेकाले विद्यालय जाने बालबालिकालाई असर पर्ने भएकाले यही पुस ६ देखि पुस ८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको जनाइएको छ ।  

तीन दिनका लागि राजविराज नगर क्षेत्रभित्र पर्ने सम्पूर्ण संस्थागत तथा समुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  विगत तीन९चार दिनदेखि लगातार तराई मधेशमा बढेको शीतलहर र चिसोका कारण स्थानीय बजारमा चहलपहल कम देखिएको छ । 

बाक्लो हुस्सुसँगै पश्चिमी हावा चल्दा बढेको अत्यधिक चिसोले सप्तरीको राजविराजलगायत पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ । चिसोका कारण सर्वसाधारणलाई घरबाट बाहिर निस्कन पनि सकस परेको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech