राहत शिक्षकको व्यवस्थापनका लागि छुट्टै नीति ल्याउने तर स्वतः स्थायी नबनाउने: मन्त्री पोखरेल

  |   प्रकाशित :

ओखलढुङ्गा । नेकपा स्थायी कमिटी आमन्त्रित सदस्य पेशल खतिवडाका पिता मनोरथ खतिवडाको श्रद्धाञ्जलिसभामा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति ल्याउने तर स्वतः स्थायी नबनाउने बताएका छन् ।

मन्त्री पोखरेलले सरकारले आउँदो हिउँदे अधिवेशनबाट शिक्षासँग सम्बन्धित तीनवटा महत्वपूर्ण विधेयक पास गर्न लागेको जानकारी दिए । त्यसलगत्तै राहत शिक्षकको व्यवस्थापनका लागिसमेत सरकारले छिट्टै नयाँ प्रक्रिया थालनी गर्ने भन्दै उनले लामो समय राहत शिक्षकको भूमिकामा रहेकालाई केही अवसरको सृजना गरेर व्यवस्थापन गरिने बताए ।

उनले भने, ‘सामुदायिक विद्यालयमा धेरै प्रकारका शिक्षक हुनु नै अहिलेको शैक्षिक विकासको अर्को चुनौती देखियो । यसलाई हामी सुधार्न लागिरहेका छौँ ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech