बुटवललाई हराउँदै विराटनगर पीपीएलकाे  फाइनलमा

  |   प्रकाशित :

पोखरा । विराटनगर टाइटन्सले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । 

अब उपाधिका लागि चितवन राइनोज र विराटनगर भिड्ने छन् । फाइनलमा स्थान सुरक्षित गर्ने क्रममा विराटनगरले बिहीवार भएको इलिमिनेटरमा बुटवल ब्लास्टरलाई २१ रनले हरायो । 

बुटवललाई नै ठूलो अन्तरले हराएर बिराटनगरले इलिमिनेटरमास्थान पक्का गरेको थियो । फाइनल प्रवेशका लागि विराटनगरले दिएको १६६ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा सबै विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै १६५ रन बनाएको थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech