‘जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिन्नौँ’

  |   प्रकाशित :

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने सङ्कल्प गरेको स्पष्ट पारेका छन् ।  

प्रधानमन्त्री ओलीले नयाँ वर्ष सन् २०२० को उपलक्ष्यमा आज सन्देश दिँदै राष्ट्रिय समृद्धितर्फका पाइला आउँदा दिनमा अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका हुन् । उनले सन्देशमा भनेका छन् “अर्को नयाँ वर्षको सङ्घारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग देखिने गरी उचाइमा उठ्ने छ ।

जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने हाम्रो अभियान सार्थक बिन्दुमा पुग्ने छ ।” उनले स्वदेश तथा विदेशमा रहेएका नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै भनेका छन्, “समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रा कदम थप अघि बढेका छन् । राजनीतिक सङ्घर्ष र व्यवस्थापनको बहसबाट सिङ्गै समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित भएको छ ।” यो समाचार गोरखापत्रले छापेको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech