अस्ट्रेलियामा लागेको डढेलो नियन्त्रणका गर्न सेना परिचालन गर्ने 

  |   प्रकाशित :

अस्ट्रेलिया । डढेलो नियन्त्रणका गर्न सेना परिचालन गरिने भएको छ । 

कारण सबैभन्दा बढी प्रभावित भएका न्यू साउथ वेल्स र भिक्टोरिया राज्यमा अग्नि नियन्त्रणमा खटिएका आपतकालीन सेवाका अधिकारीलाई सहयोग गर्न विमानसहित सैनिक पठाइने भएको हो ।

सुरक्षा निकायले भिक्टोरियामा हेलिकप्टर तथा नेभीको जहाज पठाउने भएको हो । सैनिर्कले मानवीय सहायता सामग्री प्रदान गर्ने तथा आवश्यक परेमा विपदमा परेकालाई उद्धार पनि गर्नेछ । भिक्टोरियाको कालाकोटामा करिब ४ हजार डडेलो पीडितले तटीय क्षेत्रमा आश्रयका लागि शिविरको माग गरेका छन् ।

न्यू साउथ वेल्समा डढेलोका कारण थप दुई जनाको मृत्यु भएको छ । गएको सेप्टेम्बर यता अस्ट्रेलियामा डढेलोका कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech