ए डिभिजन लिगः संकटालाई हराउँदै नेपाल पुलिस क्लब बिजयी

  |   प्रकाशित :

काठमाडौँ । बुधबार ललितपुरको सातदोबाटोमा अवस्थित एन्फा कम्प्लेक्स खेल मैदानमा नेपाल पुलिस क्लबले जित हासिल गरेको छ ।  

शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले संकटालाई २-१ गोलले हराउँदै जित हासिल गरेको हो ।  

जारी लिगमा पुलिसको यो दोस्रो जित हो । पुलिसको जितमा सुमन लामाले एक गोल गरेका हुन् । संकटाका अमित तामाङले एक आत्मघाती गोल गरेका थिए । तामाङबाट भएको आत्मघाती गोलमा पुलिसले १५औँ मिनेटमा अग्रता लिएको थियो।

त्यसपछि १८औं मिनेटमा उनै अमितले पेनाल्टीमा गोल गर्दै संकटालाई बराबरीमा ल्याए । सुमनले खेको ३५औँ मिनेटमा गोल थपेर अग्रता दोब्बर बनाएका थिए। दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा सुमनको त्यही गोनलै पुलिसको जितमा निर्णायक बन्न सफल भयो । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech