बैंक तथा वित्तीय संस्थासँगको विदेशी विनिमय सञ्चिति २६ प्रतिशतले घट्यो

रासस प्रकाशित: २०७४-१२-५ गते | 588 पटक हेरिएको

काठमाडौँ। चालू आर्थिक वर्षको सात महिनामा नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाको विदेशी विनिमय सञ्चितिमा २६ प्रतिशतले कमी आएको छ । 

यस वर्षको असार मसान्तमा रु एक खर्ब ५२ अर्ब १७ करोड रहेकामा माघ मसान्तमा २५.७ प्रतिशतले कमी आई रु एक खर्ब १२ अर्ब ९९ करोड पुगेको हो । माघ मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत छ । 

उता राष्ट्र बैंकमा भने विनिमय सञ्चिति एक प्रतिशतले वृद्धि भएको छ । यस वर्षको असार मसान्तको रु नौ खर्ब २७ अर्ब २७ करोडको तुलनामा माघ मसान्तमा रु नौ खर्ब ३६ अर्ब २१ करोड पुगेको हो । 

यस वर्षको असार मसान्तको रु १० खर्ब ७९ अर्ब ४३ करोड रहेको कूल विदेशी विनिमय सञ्चिति माघ मसान्तमा २.८ प्रतिशतले कमी आई रु १० खर्ब ४९ अर्ब २० करोड पुगेको छ । 

चालू आवको सात महिनामा चालू खाता घाटा चुलिएर रु एक खर्ब ४१ अर्ब छ करोड पुगेको छ । आयात तथा विदेशी लगानीको लाभांश भुक्तानी उच्च भएकाले चालू खातामा चाप परेको राष्ट्र बैंकले जनाएको छ । 

अघिल्लो वर्षको सात महिनामा रु १० अर्ब ६६ करोडले घाटामा थियो । त्यसैगरी अघिल्लो वर्षको सात महिनामा रु ३६ अर्ब ९५ करोडले बचतमा रहेको समग्र शोधनान्तर यस अवधिमा रु १८ अर्ब २८ करोडले घाटामा छ । 

यस अवधिमा पूँजीगत ट्रान्सफर रु १० अर्ब ६४ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु १४ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु नौ अर्ब २५ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु सात अर्ब ६० करोड थियो । 

यस सात महिनामा नगद प्रवाहमा आधारित सरकारको बजेट रु २६ अर्ब ४७ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारको बजेट रु १७ अर्ब ९५ करोडले बचत रहेको थियो । 

सरकारी खर्च यस अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु चार खर्ब २८ अर्ब ८८ करोड पुगेको राष्ट्र बैंकले उल्लेख गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु तीन खर्ब १३ अर्ब ३० करोड थियो । 

यस अवधिमा चालू खर्च रु तीन खर्ब ४९ अर्ब ७५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु दुई खर्ब ३७ अर्ब ५४ करोड रहेको थियो । 

त्यसैगरी यस अवधिमा पूँजीगत खर्च २८ प्रतिशतले बढेर रु ६० अर्ब आठ करोड भएको छ । अघिल्लो वर्ष यस्तो खर्च रु ४६ अर्ब ९४ करोड थियो । सरकारी राजस्व यस अवधिमा नेपाल सरकारको कूल राजस्व संलन १९.५ प्रतिशतले वृद्धि भई रु तीन तीन ८१ अर्ब ३४ करोड पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ६५ प्रतिशतले वृद्धि भई रु तीन खर्ब १९ अर्ब १५ करोड पुगेको थियो । सरकारको राजस्व संकलन उच्च भन्सार शुल्क सम्बन्धित आयातसँग संवेदनशील रहँदै आएको राष्ट्र बैंकले उल्लेख गरेको छ । 

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

प्रधानमन्त्री ओलीमाथि युवा नेता गगन थापाले लगाए यस्तो संगिन आरोप, के आउँला जबाफ?

ओलीले मानेनन प्रचण्डको प्रस्ताव, अन्तिम समयमा माओवादीलाई यति ठूलो धोका

काठमाडौं । एमालेसँग पार्टी बिलय गराउन लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आफ्नै दलका नेताहरूले दवाव दिइरहेका छन् । यता, एमालेका अधयक्ष केपी ओलीसँग..

नेपाली सेना देखाएर माओवादीले ओलीलाई दियो यस्तो धम्की, बालुवाटारमा हंगामा

काठमाडौं । नेकपा एमालेसँग पार्टी एकताको प्रक्रियामा रहेको माओवादी केन्द्रले प्रधानमन्त्री एवं केपी शर्मा ओलीलाई एकता प्रक्रियामा पेल्न खोजे प्रतिकार गर्ने चेतावनी दिएको छ। ओली..

ओली–दाहालद्वारा सत्तासाझेदार दलकै कार्यक्रम बहिष्कार, देउवाले यसरी देखाए राजनीतिक संस्कार

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालको प्रथम वार्षिकोत्सवको कार्यक्रमलाई प्रधानमन्त्री केपी ओली र उनको पार्टी नेकपा (एमाले)ले खासै महत्व नदिएपछि राजपाका नेताहरूक..

प्रचण्डको पक्षमा उभिँदै वामदेवले ओलीलाई दिए काउन्टर, ओली छाडेर नयाँ पार्टी बन्ने संकेत

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लाइनमा उभिएका छन् । एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्धलाई उल्लेख गर्नुपर्ने तथा बराबरी..

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोसी हाइड्याम निर्माणको सम्झौता गोप्य राखेको बुझिएको छ । बोलीमा राष्ट्रवाद, व्यवहारमा राष्ट्रघात गर्दै आएको एमाले अध्यक्ष एवं प्रधानम..


भित्रिँदै विदेशी लगानी, १९४ उद्योग दर्ता
भित्रिँदै विदेशी लगानी, १९४ उद्योग दर्ता

काठमाडौं । उद्योग विभागमा चालू आर्थिक वर्षको आठ महिनामा विदेशी लगानीका १९४ उद्योग दर्ता भएका छन् ।  विभागले दिएको जानकारीअनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र..

सुदूरकै पहिलो शीतभण्डार 
सुदूरकै पहिलो शीतभण्डार 

डडेल्धुरा । काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा प्रदेश ७ कै ठूलो र पहिलो आधुनिक प्रविधियुक्त शीत भण्डार सञ्चालनमा आएको छ । ..

रु एक अर्बको अल्पकालीन बजेट ल्याइने
रु एक अर्बको अल्पकालीन बजेट ल्याइने

कञ्चनपुर । प्रदेश नं ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले कृषिलाई विशेष प्राथमिकतामा राखी रु एक अर्ब दुई करोड पाँच लाखको बजेट ल्याउन लागिएको बताउनुभएको छ..

इतिहासकै कमजोर मोडमा नेपालको अर्थतन्त्र, के होला कारण?
इतिहासकै कमजोर मोडमा नेपालको अर्थतन्त्र, के होला कारण?

काठमाडौँ  ।  अर्थमन्त्री डा युवराज खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।  अर्थमन्..