सुनको भाउले तोड्याे रेकर्ड, तोलाको ७६ हजार

  |   प्रकाशित :

काठमाडौं । केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ सोमबार तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ७६ हजार रुपैयाँ पुगेको छ ।   सुन आइतबार तोलामा १ हजार रुपैयाँ बढेको थियो । सुन महँगो भएसँगै कारोबार भने घटेको व्यवसायीले बताएका छन् ।

गएका पाँच दिनमा सुनको भाउ तोलामा झण्डै २५ सय रुपैयाँ बढेपछि कारोबार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech