इरानमा १८० जना सवार युक्रेनी विमान दुर्घटना, यस्तो छ दुःखद् अवस्था

  |   प्रकाशित :

इरान । तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त बनेको छ ।

प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको इरानको मिडियाले जानकारी दिएको छ । फ्लाइट रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको देखिएको छ ।

विमानमा १८० यात्रु र चालक दलका सदस्य रहेको बताइएको छ । उनीहरुको अवस्थाको बारेमा थप विवरण आइपुगेको छैन । विमान दुर्घटना हुन केही घण्टाअघि मात्र इरानले इराकस्थित अमेरिकी सेनाको एयरबेसमा क्षेप्यास्त्र प्रहार गरेको थियो । एजेन्सी 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech