अनिवार्य पढ्नुहोस्, हुनेछ फलिफाप र मिल्नेछ खुसि !

  |   प्रकाशित :

काठमाडौं । महादेव प्रकृतिका अनुपम देवता हुन् । सृष्टि र समष्टिको कल्याणका लागि आफ्नो अर्धनारीश्वर रुपमासर्वे भवंतु सुखिन जुन लोक मंगलकारी शिक्षण दिन्छन् । वर्तमानमा वातावरण असन्तुलनलाई सन्तुलन बनाउन फलदायी हो । महादेवको प्राकृतिकसँगको सम्बन्ध र साधारण जीवन आज पनि प्रेरणादायी छ ।

शिवको आराधनाले हामीलाई प्रकृतिलाई पुज्न र संरक्षण गर्न सिकाउँछ । भौतिक सुखबाट आत्मिक सुख र जनकल्याणको सोचका साथ शिव जसरी धैर्य र दृढ़ताको साथ प्रकृतिको काखमा रमाउने गर्थे । अर्धनारीश्वर रुपका महादेव सानो परिवारले पनि अनौठो उदाहरण प्रस्तुत गर्छन् ।

उनकी पत्नी पार्वतीको गुण,रुप र स्वभाव विलकुलै अलग छिन् । महादेव दानव, भूत, पिशाच, गण सबैलाई साथमा लिएर हिड्ने गर्छन् । उनको ईश्वरीय स्वभावका कारण सबै मानिसहरुको जीवनमा निकै महत्वपूर्ण भुमिका खेलेको छ । शांतिपूर्ण, सहअस्तित्वको भाव आजको समयमा जरुरी छ ।

शिवलाइ त्रिलोचन पनि भनिन्छ । हिन्दुशास्त्रका अनुसार शिव तीन नेत्र सूर्य, चंद्र र अग्निका प्रतिक हुन् । महाविषधर सर्प भगवान शंकरको गलाको हार हो । भगवान शिव जति रहस्यमय छन् उनको भेषभूषा पनि उत्तिनै विचित्रको छ । सांसारिक मानिस जो शिवसँग डराउँछ तथा भाग्छ भगवान शिव उसलाई नै आफ्नो साथमा राख्छन् ।

शिव एकमात्र देवता हुन् जो गलामा नाग पहिरहन्छन् । त्यसले हरेक मानिस र हरेक प्राण्ीको जीवन चक्रमा विशेष योगदान रहेको हुन्छ भन्ने सन्देश दिने गर्छ । त्यसकारण बिना कारण कुनै पनि प्राणीको हत्या गर्नुहुँदैन ।

त्रिशूल भगवान शिवकोे प्रमुख अस्त्र हो । शिव सांसारिक भएर पनि श्मशानमा बस्छन् । श्मशानमा बस्नुका सूत्र संसार माया मोहको प्रतीक हो भन्ने बुझिन्छ । व्यावहारिक दृष्टिले पनि हामी आफन्तको देहवास पश्चात श्मशानमा लैजान्छौ । त्यस समयमा हामीलाई वैराग लाग्ने गर्दछ ।

शिव भन्छन्, संसारमा रहँदा आफ्नो कर्तव्य पूरा गर किनभने माया मोहबाट टाढा बस् । किनभने संसार नाशवान छ । एक दिन सबै कुरा नष्ट हुनेछ । त्यसकारण पृथ्वीमा रहँदा केही कुराको लोभ नगर ।

शिवलाई सृष्टि गर्ने र संहार गर्ने देवताको रुपमा चिनिन्छ । अर्थात् जब मनुष्य आफ्नो सबै मर्यादा तोड्न लाग्छ,तब शिव उसको संहार गर्दछन् । जुन व्यक्तिको पापको फल भोग्न बाँकी रहेको खण्डमा प्रेत योनीमा जन्म लिन्छ । त्यसकारण शिवले नै सबै प्राणी र भुतप्रेतलाई सजाय दिने गर्छन् । -धार्मिक ग्रन्थको सहयोगमा

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech