बुधबारको दिन यस्ता काम गरेमा यी सफलताहरु हात पार्न सकिन्छ

  |   प्रकाशित :

काठमाडौं । हिन्दु धर्म अनुसार बुध ग्रहलाई विष्णुको अवतार पनि मानिन्छ । बुधको दिशा उत्तर हो भने उत्तर दिशामा कुबेरको स्थान रहेको हुन्छ । यदि तपाईको घरमा आम्दानीभन्दा बढी खर्च भएको छ भने बुध ग्रहलाई पुजा गर्नुहोस् ।

बुधबार विष्णु भगवानको पुजा आरधना गर्नाले विद्या, धन तथा व्यापारिक उन्नतिको साथै बुढेसकाबाट टाढा रहन सकिन्छ । बुधलाई महत्वपूर्ण तथ्यहरु वाणीको कारक, बुद्धिको कारक, त्वचाको कारक, मस्तिष्कको तंत्रिका तन्त्रको कारक को रुपमा मानिन्छ । बुधबारको दिन हरियाली घाँसपात खोजेर वस्तुभाउलाई खुवाउने ।

हरियो चना भिजाएर बुधबारको दिन चराचुरुङ्गीलाई खुवाउने ।बुध ग्रहको अशुभफललाई शुभमा परिवर्तन गर्न गणेशको पुजा गर्ने । नौ वर्ष भन्दा कम उमेरका कन्याका खुट्टा धोएर उनीहरुबाट आर्शिबाद लिने र बुध ग्रहलाई प्रसन्न बनाउनको लागि भगवतीको पुजा गर्ने गर्नुपर्दछ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech