पक्राउ परेका १२२ जना चिनियाँलाई आज फर्काइँदै 

  |   प्रकाशित :

काठमाडौं । १२२ जना चिनियाँलाई आज चीन फर्काइँदैछ । नेपालमा बसेर चीनविरुद्ध गतिविधि गरेको आरोप लागेका ती चिनियाँहरुलाई आज चीन फर्काउन लागेको हो। 

उनीहरुलाई लिन बुधबार चीनका दुईओटा विमान नेपाल आएका छन् । गृहमन्त्री रामबहादुर थापासहितको टोली यतिबेला चीन भ्रमणमा छ । गृहमन्त्रालयको टोलीले चिनियाँ सरकारसँग वार्ता गरेपछि नेपालमा पक्राउ परेका चिनियाँ नागरिक फिर्ता पठाउने प्रकृया अघि बढेको हो ।

चिनियाँ नागरिकलाई नेपालमा अवैध गतिविधि संलग्न भएको आरोपमा पक्राउ गरेको थियो । चिनियाँ दूतावासले उनीहरुलाई चीन प्रवेशको अनुमतिपत्र अध्यागमन विभागलाई बुझाइसकेको छ । 

उनीहरुलाई लिन चाइना साउदर्न र चाइना इस्टर्नका दुईओटा विमान काठमाडौं आएको हो । ती विमानबाट उनीहरुलाई साँझ चीन लगिने छ । चाइना साउदर्नको विमानमा ८० जना र चाइना इस्टर्नको विमानमा ४२ जनालाई राखेर लगिनेछ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech