इराकमा दर्जन क्षेप्यास्त्र प्रहारपछि साउदी र इजरायली सेना पनि ‘हाइ अलर्ट’

  |   प्रकाशित :

काठमाडौं । इरानले इराकस्थित अमेरिकी सैनिक क्याम्पलाई लक्षित गरी करिब एक दर्जन ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि मध्यपूर्वमा थप तनाव निम्ताने देखिएको छ ।

अमेरिकी ड्रोन हमलामा गत शुक्रबार इरानी सैन्य जनरल कासिम सुलेमानी इराकको बग्दादमा मारिएपछि त्यसको बदला भन्दै बुधबार बिहान इराकस्थित सैनिक बेस क्याम्पमा हमला गरेको हो । हमलाबाट अमेरिकी सैनिक बेसक्याम्पमा कति क्षति भयो भन्ने कुनै विवरण आएको छैन । यद्यपि हमला भएको इरान र अमेरिका दुवैले पुष्टि गरेका छन् ।

इरानी विदेशमन्त्री जाभेद जरिफले संयुक्त राष्ट्र संघको बडापत्रको धारा ५१ अनुसार आत्मरक्षाका लागि सो कदम चालिएको प्रतिक्रिया दिएका छन् । उनले अमेरिकाले आफ्ना नागरिक र वरिष्ठ अधिकारीमाथि कायरतापूर्वक हमला गरिएकाले त्यसको प्रतिवाद गरिएको उनको भनाई थियो ।

उनले इरानले युद्धलाई बढावा नदिने तर कुनै पनि आक्रमणका विरुद्ध आत्मरक्षाका लागि प्रतिवाद गरिने बताएका छन् । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हमलापछि ट्विट गरेका छन् । उनले लेखेका छन, ‘अल इज वेल ९सबै ठीक छ० हामी हताहती र क्षतिको विवरण संकलन गरिरहेका छौं । हामीसँग संसारकै शक्तिशाली सेना छ । भोलि बिहानै यस विषयमा बयान दिनेछु ।’

यो हमलापछि इजरायल र सायदी अरब भने उच्च सतर्कता (हाई अलर्ट) मा रहेका छन् । इरानले अमेरिकी सेना रहेका देशमा समेत क्षेप्यास्त्र हमलाको चेतावनी दिएपछि दुवै देशमा सतर्कता अपनाइएको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech