विद्यालयभित्रै शिक्षकले मदिरासहितको भोज गरेपछि...

  |   प्रकाशित :

महोत्तरी । विद्यालयभित्रै शिक्षकले मदिरासहितको भोज गरेको छ ।

गौशाला नगरपालिका–३ स्थित जनता आधारभूत विद्यालयभित्र पुस १६ गते अङ्ग्रेजी नयाँ वर्ष मनाउने क्रममा मदिरासहितको भोज गरिएको हो । यस्तो खबर सार्वजनिभ भएसँगै नगरपालिकाले भोजमा संलग्न शिक्षकलाई कारवाही गर्ने भएको छ ।

सार्वजनिक विदाको अवसर पारेर विद्यालयभित्रै भोज गरेको खबर सुनेपछि मंगलबार विद्यालय पुगेका नगर प्रमुख शिवनाथ महतो, नगरपालिकाका कर्मचारी, वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सम्मिलित बैठकले कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको नगरपालिकाका कर्मचारी धर्मराज बस्नेतले बताए।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech