प्रहरीलाई घुस दिन खोज्ने व्यापारीविरुद्ध मुद्दा दायर 

  |   प्रकाशित :

काठमाडौं । प्रहरीलाई घुस दिन खोज्ने गोरु व्यापारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपेन्देहीको बसन्तपुर गाउँपालिका-४ स्थायी घर भइ हाल स्याङ्जाको वालिङ नगरपालिका-८ बस्ने जहरुदिन तेलीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियारका अनुसार गोरु खरिदबिक्री गर्ने तेलीले आफ्नो व्यवसायमा सहजता प्रदान गरिदिन भन्दै वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाका प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई घुस दिन खोजेका थिए ।

आफूलाई घुस दिन खोज्ने तेलीलाई नियन्त्रणमा लिँदै वडा प्रहरी कार्यालय वालिङले अख्तियारको जिम्मा लगाएको थियो । तेलीमाथि अनुसन्धान गरेको अख्तियारले आफ्नो गोरु व्यापार सहज गरिदिन उनले प्रहरीलाई घुस दिएको भेटिएको जनाएको छ ।

अख्तियारले तेलीविरुद्ध १५ हजार रुपैयाँ बिगो कायम गरी बिगोअनुसार जरिवाना र ३ महिनासम्म कैद सजाय मागदाबी गरेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech