राष्ट्रिय सभा चुनावको मुखैमा राजपामा विद्रोहरु उपेन्द्र र प्रचण्डदेखि प्रभु साहसम्मको हात !

  |   प्रकाशित :

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका अध्यक्ष मण्डलका सदस्यहरुबीच भेटवार्ता भएको छ । आसन्न राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने र आगामी दिनमा राजनीतिक मोर्चामा साझेदारी गर्ने सहमतिपछि प्रधानमन्त्री ओलीले राजपाका शीर्ष नेतालाई बालुवाटार बोलाएर राष्ट्रियसभा निर्वाचन, संघीय सरकारमा राजपाको सहभागिता, प्रदेश २ सरकारको भविष्य लगायतका विषयमा छलफल गरेका हुन् । छलफलमा अध्यक्ष मण्डलका एक सदस्य महेन्द्रराय यादव भने अनुपस्थित थिए । 

उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी सरकारबाट बहिर्गमन र राजपाको नेकपाको गठबन्धनका बीच राजपाका शीर्ष नेता महेन्द्रराय यादव भने उपेन्द्र यादवतिर ढल्किएका छन् । प्रधानमन्त्री ओलीले राजपासँग गरेको गठबन्धनलाई फेल गराउन नेकपाकै अर्का अध्यक्ष प्रचण्ड, उपेन्द्र यादव, महेन्द्रराय यादव र प्रभु साह प्रदेश २ मा सक्रिय भएका छन् । यसैकारण प्रधानमन्त्रीसँगको बैठकमा उनी सहभागी नभएको बुझिएको छ । उसो त राजपासँग गठबन्धन गर्न प्रचण्डले चाहेका थिएनन् । तर, प्रधानमन्त्री ओलीको हठ अगाडि उनको केही लागेन । 

प्रचण्डनिकट नेकपा सुत्रका अनुसार राष्ट्रियसभा निर्वाचनमा ठूलो फेरबदल हुनसक्छ । उपेन्द्र, प्रचण्ड र प्रभु साह नेकपा र राजपाका उम्मेदवारलाई हराउनका लागि एक भई डिजाइन बनाएका छन् । नेपाली कांग्रेस पनि यो डिजाइनमा संलग्न छ । यदि यो डिजाइन सफल भयो भने प्रदेश २ को नेकपाको एक सीट कांग्रेस र अर्को सीट उपेन्द्र यादवको पार्टीलाई मिल्नेछ । 

साथै नेकपासँग तालमेल गरेको राजपा पनि फुट्न सक्छ भने नेकपामा पनि माओवादी र एमाले गुट झन चर्किने देखिन्छ । माधव नेपाल समूह पनि केपी समूहसँग असन्तुष्ट छ । जसका कारण प्रदेश २ मा विपक्षी गठबन्धनका उम्मेदवार आउने सम्भावना प्रबल देखिन्छ । यद्यपि वर्तमानको अंकगणीतका हिसाबमा भने नेकपा नै अगाडि देखिन्छ । भित्री षडयन्त्र सफल भएमा नेकपा र राजपाको गठबन्धनले धक्का खाने निश्चित छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech