हिन्दू नेताको हत्या गर्ने आइएसएसका लडाकु काठमाडौंमा पक्राउ

  |   प्रकाशित :

काठमाडौं । आतंकवादी समूह आइएसआइएसका तीन जना लडाकुलाई भारतीय प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । उनीहरुलाई दिल्ली प्रहरीको विशेष फोर्सले नेपालबाट पक्राउ गरेर भारत लगेर बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा ख्वाजा मोइनुद्दीन ९५२०, सैयद नवाज ९३२० र अब्दुल समद रहेका छन् । 

तामिलनाडुबाट फरार भएका तीनै जना नेपालबाट दिल्ली जाँदैछन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गर्न बजीराबाद इलाकामा योजना बनाए पनि उनीहरूलाई काठमाडौबाट पक्राउ गरेको बुझिएको छ । 

प्रहरीले तीनै जनालाई आत्मसमर्पण गर्न भनेपनि उनीहरुले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाहीपछि तीनै जनालाई पक्राउ गर्न सफल भएको थियो । 

यसका साथै, दिल्ली प्रहरीको विशेष फोर्सका अनुसार यी तीनै जना आतंककारी तामिलनाडुमा एक हिन्दु नेताको हत्यामा समेत संलग्न थिए । २०१४ मा भारतका केही साथीहरुसँग मिलेर उनीहरुले तामिलनाडुका हिन्दु नेता सुरेश कुमारको हत्या गरेका थिए । घटनामा संलग्न ६ जना फरार भएका थिए । तिमध्ये तीन जनालाई नेपालबाट पक्राउ गरिएको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech