मुस्लिममाथि चीनको अत्याचारः दाह्री पाल्न रोक, रातारात ठूला मस्जिदसहित बस्ती नै गायब

  |   प्रकाशित :

काठमाडौं । नेपालको उत्तरी छिमेकी चीनले मुसलमान धर्म मान्ने समुदायमाथि ज्यादती गरेको तथ्य सार्वजनिक भएको छ । हङकङसँग सीमा जोडिएको सिन्जियान सहरमा हालै पुगेका बीबीसी लगायतका विदेशी पत्रकारहरुले मुस्लिममाथि चीनले गरेको अत्याचारको पर्दाफास गरेका छन् । जहाँ मुस्लिमको बस्ती नै गायव पारिएको छ भने मस्जिदहरु पनि भत्काइएका छन् । मस्जिद तथा बस्ती रहेको ठाउँमा ठूला व्यापारिक मलहरु बनाउन सुरु गरिएको छ । मसलमानहरुलाई आर्थिक विकासको मुलप्रवाहमा ल्याउन र उनीहरु बसेको ठाउँको औद्योगिक विकासका लागि यो कदम चालिएको चिनियाँ अधिकारीहरुको तर्क छ । तर, यसो गर्दा चिनियाँ मुस्लिमको धर्म, संस्कार र परम्परामाथि नै प्रहार भएको भन्दै विरोध भइरहेको छ । अरु त अरु चीन सरकारले त्यहाँका मुस्लिममाथि दारीजुंगा पाल्न नपाउने सम्मका नियम बनाएको छ । बीबीसी लगायत विदेशी पत्रकारले सार्वजनिक गरेको भिडियोमा सो क्षेत्रमा रहेका अधिकांश मुस्जिदमा ताला लगाइएको स्थिती छ भने धेरै ठाउँमा भत्काएर व्यापारिक मलहरु निर्माण सुरु गरिएको देखिन्छ । चीनमा हालैका वर्षहरुमा अल्पसंख्यक लाखौं मुसलमान गायब भएको समाचारहरु उल्लेख छ । जसका कारण सो क्षेत्रमा बाँकी रहेका ठूला मस्जिदमा उपस्थित हुने मुसलमानको संख्या पनि निकै घटेको छ । दिनहुँ अल्लाहको लागि प्रार्थना गर्ने र नमाज पढ्नेहरुले भरिने मस्जिद रितो (खाली) जस्तै बनेको छ । यहाँका मुस्लिमको मानवअधिकारको विषयलाई बेला बेला विश्वभर चिन्ता व्यक्त हुँदै आएका बेला चीनको असली रुप विदेशी पत्रकारले स्थलगत अध्ययनमार्फत उदांगो पारिदिएका छन् । पछिल्लो दुई वर्षमा यहाँका धेरै मस्जिद हटाइएको स्थलगत अध्ययनमा पाइएको छ । यता चीन भने विदेशी पत्रकार बोलाएर यसलाई देश तथा समाज हितका लागि चालिएको कदम भन्छ । चीनले केही मस्जिदलाई स्कुलको रुपमा रुपान्तरण समेत गरिदिएको छ । तर, यसो गर्दा मुस्लिमको इतिहास नै मेटिने भन्दै व्यापक विरोध भइरहेको छ । उक्त विरोधलाई पनि चीनले दबाएर राखेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech