यी हुन बसमा हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य झार्ने युवक

  |   प्रकाशित :

काठमाडौं । सार्वजनिक बसमा हस्तमैथुन गर्ने युवकलाई प्रहरीले एक वर्षपछि नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा चितवन भरतपुर घर भएका रविन सार्की भनिने रविन रुचाल रहेका छन् । उनी काठमाडौं बानेश्वरमा बसेर रिक्सा चालकको काम गर्दै आएका थिए । उनले सार्वजनिक बसमै हस्तमैथुन गरी बसमै सवार युवतीको कपालमा वीर्य झारेका थिए । त्यति मात्रै होइन उनले वीर्य झारेर युवतीको कपालमा फालेको भिडियो समेत खिचेर सामाजिक सञ्जालमा राखेका थिए । जुन पछि भाइरल भयो । समाचारहरुमा पनि आयो ।

महिला अधिकारकर्मीले पक्राउको माग राखेपछि प्रहरीले सुक्ष्म र लामो अनुसन्धानपछि रविनलाई एक वर्षपछि पक्राउ गरी सार्वजनिक गरेको हो । २०७५ माघ मा सार्वजनिक भएको उक्त भिडियो रुचाल आफैंले पोर्न साईट र सोशल मिडियामा राखेर भाइरल बनाएका थिए । भिडियो भने साउनमै खिचिएको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले रविनले पैसा कमाउनका लागि बसभित्र हस्तमैथुन गरी भिडियो खिचेको वयान दिएको बताए । पोर्न साइटको सिको गरेर पैसा कमाउने लोभमा सार्वजनिक बसमै युवतीको कपालमाथि वीर्य झारेको रविनले बयानमा खुलाएको प्रहरीले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech