पाकिस्तानमा ईमरानको लोकप्रियता घट्दै, शुरु भयो विरोध

  |   प्रकाशित :

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री ईमरान खानको पछिल्लो समय बिरोध हुन थालेको छ । शुरुवाती दिनमा लोकप्रिय मानिएका खानलाई उनकै मतदाताहरूले अहिले आएर आलोचना गर्न थालेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री खानको गलत नीति र अभिव्यक्तिका कारण उनका मतदाताहरूले आलोचन गर्न थालेका हुन् । केही दिन अगाडि खानले ‘मान्छेहरू नर्मदासम्म चयन हुँदैन’ भनेपछि उनका मतदाताहरू भड्किएका छन् । उनीहरूले खानको आलोचना गरेका छन् ।

खानको गलत नीति र सस्तो लाकप्रियतामा भएका कार्यले भ्रष्टाचार, अनियमितता, शान्ति सुरक्षा बिग्रन पुगेको छ । पाकिस्तानमा प्रधानमन्त्री खानविरुद्ध जनमत बढ्न थालेको आरोप छ ।
पाकिस्तानमा भ्रष्टाचार र महँगलीले जनताहरू आजित बनेका छन् । उनीहरूले महँगी, भ्रष्टाचार र अनियमितताहरू रोक्न माग गरेका छन् ।

तर, प्रधानमन्त्री खानले जनताको कुरा नै नसुनेको आरोप छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech