कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि संशोधन

  |   प्रकाशित :

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका फेरि संशोधन गरेको छ। 

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी कार्यालय ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गर्ने निर्णय गरेको हो । यो निर्णय शीर्ष नेताहरुबीच भएको सहमति अनुसार नै भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

सभापति देउवाले पार्टी निर्णयमा एकलौटी गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले मंसिर २६ गते बोलाइएको बैठक बहिष्कार गरेको थियो। विवाद चर्कंदै गएपछि माघ १० गते बुढानिलकण्ठ बैठकमार्फत नेताहरुले विवाद टुङ्ग्याएका थिए। 

बुढानिलकण्ठ बैठकअनुसार नै केन्द्रीय कार्यसमिति बैठकमार्फत १४औं महाधिवेशनको कार्यतालिका संशोधन निर्णय गरेको हो। कांग्रेसको महाधिवेशन २०७७ को फागुन ७ गतेदेखि शूरु हुनेछ। 

यस्तो छ अधिवेशनको संशोधित कार्यतालिका :

  • गाउँ/नगर वडा अधिवेशन – २०७७ कात्तिक १६ गते
  • गाउँरनगरपालिका  अधिवेशन – २०७७ कात्तिक १८ गते
  • प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ कात्तिक २१ गते
  • प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ कात्तिक २३ गते
  • एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ कात्तिक २५ गते
  • सातै प्रदेशको अधिवेशन – २०७७ मंसिर २९ गते
  • केन्द्रीय महाधिवेशन – २०७७  फागुन ७, ८, ९ र १० गते काठमाडौंमा

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech