जब एमाले नेता नेम्वाङले नै गिरिजा प्रसाद कोइरालालाई सम्झिदै काँग्रेसको खुलेरै प्रशंशा गरे

नेपाल पाना प्रकाशित: २०७४-१२-७ गते | 6884 पटक हेरिएको
जब एमाले नेता नेम्वाङले नै गिरिजा प्रसाद कोइरालालाई सम्झिदै काँग्रेसको खुलेरै प्रशंशा गरे

आज गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस । नेपालको राजनीतिक आन्दोलनमा कोइरालाको भूमिका निर्णायक महत्वपूर्ण मानिन्छ । यसै सन्दर्भमा ऋषि धमलाले नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङसँग कुराकानी गरेका छन् । कुराकानीका क्रममा अब देशमा के परिवर्तन हुन्छ? एमाले र माओवादीबिच पार्टी एकता प्रक्रिया के भइरहेको छ ? लगायतका समसामयिक विषय पनि उठान गरिएको छ । 

स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालालाई कसरी चिन्नुहुन्छ ?
गिरिजाप्रसाद कोइराला निरङ्कुशताविरोधी आन्दोलनका शीर्ष नेता हुन् । देशमा लोकतान्त्रिक मूल्य मान्यतालाई स्थापित गर्नका लागि संघर्ष गरेका, नेपालमा गणतन्त्र स्थापित गर्नका लागि निरन्तर क्रियाशिल नेताका रुपमा म उहाँलाई स्मरण गर्छु । ६२–६३ को आन्दोलनका शीर्ष नेता पनि गिरिजा नै हुन् । कतिपय अवस्थामा उहाँहरुप्रति भ्रम पनि थिए । तर आन्दोलनका बेला उहाँसँग मैले नजिक हुने मौका पाएँ । उहाँ वास्तवमै देशलाई माया गर्ने नेता हुनुहुन्थ्यो । एक शब्दमा भन्छु, यो देशमा गणतन्त्र स्थापना गर्नका लागि उहाँको भूमिका निर्णायक थियो । हामी कम्युनिष्टहरुले मात्रै गणतन्त्र स्थापना गर्न सक्दैनथ्यौँ ।

उहाँलाई तपाई कसरी सम्झिनुहुन्छ ?
देशले धेरै ठूलो संघर्ष गर्यो । ६२–६३ को आन्दोलन मलाई झलझली आउँछ । गिरिजाप्रसाद कोइरालासँग म सँगसँगै उत्रिने संयोग र सौभाग्य मलाई मिल्यो । अन्तत अहिले हामीले शान्त्रि प्रक्रियालाई झण्डै झण्डै टुङ्गोमा पुर्याएका छौँ । केही मिहिनेतका साथ संविधान निर्माण गरेर कार्यान्वयन पनि भइसक्यो । आन्दोलनपश्चात संविधान सभाको नेतृत्व गर्ने अवसर मैले पाएँ । सफलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न सकेको छु ।

देश आर्थिक समृद्धिको यात्रामा लैजाने भनिएको छ । राजनीतिक क्रान्ति सकिएकै हो त ?
विगतमा हामीमाथि एउटा आरोप नै थियो, “यिनीहरु आन्दोलन गर्न जान्दछन्, तर आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्ने ढंग छैन ।” यथार्थमा विगतमा हामी कतिपय कुरामा असफल पनि भएका थियौँ । तर अहिले सफल भएका छौँ । आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गरेका छौँ । जनताका अधिकार संस्थागत बनाउने आन्दोलन सकियो । अब देशलाई समृद्धितर्फ अभियानमा अगाडि बढेका छौँ ।

नेपालमा अब आर्थिक क्रान्ति सुरु हुन सक्ने आधार तयार भएको हो ?
निश्चय पनि, आर्थिक क्रान्तिको आधार तयार भएको छ । त्यो आधारमा उभिएर देशलाई समृद्धिको यात्रामा लैजानुपर्छ ।

मधेशवादी दलले अझै पनि मधेशी जनताको अधिकार सुनिश्चित नभएको दाबी गर्दै आएका छन् । यसलाई कसरी लिनुहुन्छ ?
जहाँसम्म संविधान संशोधन गर्नुपर्छ भन्ने एजेण्डा छ, संविधान संशोधन देशका लागि आवश्यक छ भनेर त संविधानमै लेखिएको छ । संविधान संशोधनका विषयमा संविधान नै लचिलो छ । आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिन्छ । अब यो देशमा कसैले पनि हतियार उठाउन पर्दैन । हतियार नउठाइकन नै चाहेअनुसारको व्यवस्था स्थापित गर्न सकिन्छ । जनताको मन जित्न सकियो भने संविधान संशोधन गर्न कुनै समस्या छैन । जनताले चाहेअनुसारको संविधान संशोधन हुन सक्छ ।

अहिले पनि संविधानमा सबै जनताको अपनत्व भएको छैन भन्ने गुनासो छ नि ?
अझै पनि यो कोणबाट प्रश्न उठाउनु हुँदैन । पछिल्लो समय त सबै राजनीतिक दल र जनताले संविधानलाई स्विकार गरेका छन् । चुनाव बहिष्कार गर्ने साथीहरु पनि चुनावमा सहभागि हुनुभयो । प्रदेश नम्बर दुईमा त मधेशवादी दलले चुनाव जितेर सरकार नै बनाइसक्नुभयो । अब संविधान नमान्ने को छ ? अझै खुशीको कुरा के छ भने प्रतिनिधीसभाका सदस्यहरुलाई जेष्ठ सदस्यको रुपमा राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले सपथ खुवाउनुभयो । किनभने कुनै बेला उहाँहरुले नै संविधान बहिष्कार गर्नुभएको थियो । अब भन्नुस्, जनताले जनताका लागि बनाएको संविधानप्रति असन्तुष्टी कसमा छ ? सबैले संविधान स्विकार गरे । अब आर्थिक विकासको कुरा गरौँ ।

उपेन्द्र यादवले संविधान संशोधन नभएसम्म सरकारमा सहभागि नहुने बताइरहनुभएको छ नि ?
त्यो त आ–आफ्नो धारणा हो । संविधान संशोधन गर्नै हुँदैन भन्ने होइन । आवश्यकता र औचित्य भए संशोधन हुन्छ । देश र जनताका लागि यसरी काम गरौँ भनेर कुरा राख्नु भनेको आश्चर्यको कुरा होइन ।

नेपालमा दोस्रोपटक दुई तिहाई बहुमत प्राप्त सरकार बनेको छ । अब देशमा के परिवर्तन हुन्छ ?
अहिलेको सरकारका लागि अवसर र चुनौति दुवै छ । हामीले चुनावका बेला जनतामाझ गरेका प्रतिवद्धता पूरा गर्नुपर्ने बेला आएको छ । जनताले विकास चाहेका छन् । त्यो चाहना पूरा गर्न सकिएन भने हिजोको दिनमा सत्तामा बस्दा जनअपेक्षा पूरा नगर्दा ति दलले जे सजायँ पाए भोलीका दिनमा हामीले पनि त्यसरी नै दण्डित हुनुपर्छ । त्यसैले हामीले गरेको प्रतिवद्धता पूरा गर्नुको विकल्प छैन ।

नेकपा एमाले र माओवादी केन्द्रबिचको पार्टी एकताको मिति तय भएको हो ?
जतिसक्दो चाँडो पार्टी एकता गर्नुपर्छ भन्ने सहमति छ । त्यसैअनुसार पार्टी एकताका लागि बनेका कार्यदलले धमाधम काम गरिरहेको छ । कार्यदलको प्रतिवेदन तयार हुनासाथ पार्टी एकता गछौँ । विभिन्न नेताहरुले मिति नै तोक्नुभएको छ । यो सकारात्मक कुरा हो ।

पछिल्लो समय न्यायापालिका विवादमा छ । यसलाई कसरी लिनुभएको छ ?
यो लाज लाग्ने विषय हो । यसलाई परिवर्तन गर्नुपर्छ । हामी सबै मिलेर यस्ता गलत प्रवृत्ति सच्याउनेतिर लाग्नुपर्छ ।

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

प्रधानमन्त्री ओलीमाथि युवा नेता गगन थापाले लगाए यस्तो संगिन आरोप, के आउँला जबाफ?

ओलीले मानेनन प्रचण्डको प्रस्ताव, अन्तिम समयमा माओवादीलाई यति ठूलो धोका

काठमाडौं । एमालेसँग पार्टी बिलय गराउन लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आफ्नै दलका नेताहरूले दवाव दिइरहेका छन् । यता, एमालेका अधयक्ष केपी ओलीसँग..

नेपाली सेना देखाएर माओवादीले ओलीलाई दियो यस्तो धम्की, बालुवाटारमा हंगामा

काठमाडौं । नेकपा एमालेसँग पार्टी एकताको प्रक्रियामा रहेको माओवादी केन्द्रले प्रधानमन्त्री एवं केपी शर्मा ओलीलाई एकता प्रक्रियामा पेल्न खोजे प्रतिकार गर्ने चेतावनी दिएको छ। ओली..

ओली–दाहालद्वारा सत्तासाझेदार दलकै कार्यक्रम बहिष्कार, देउवाले यसरी देखाए राजनीतिक संस्कार

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालको प्रथम वार्षिकोत्सवको कार्यक्रमलाई प्रधानमन्त्री केपी ओली र उनको पार्टी नेकपा (एमाले)ले खासै महत्व नदिएपछि राजपाका नेताहरूक..

प्रचण्डको पक्षमा उभिँदै वामदेवले ओलीलाई दिए काउन्टर, ओली छाडेर नयाँ पार्टी बन्ने संकेत

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लाइनमा उभिएका छन् । एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्धलाई उल्लेख गर्नुपर्ने तथा बराबरी..

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोसी हाइड्याम निर्माणको सम्झौता गोप्य राखेको बुझिएको छ । बोलीमा राष्ट्रवाद, व्यवहारमा राष्ट्रघात गर्दै आएको एमाले अध्यक्ष एवं प्रधानम..


अन्तत: वाम गठबन्धन टुट्ने र राजसंस्था फर्किने निश्चित, यस्ता छन् आधारहरु
अन्तत: वाम गठबन्धन टुट्ने र राजसंस्था फर्किने निश्चित, यस्ता छन् आधारहरु

काठमांडौ ।  पूर्व राजा ज्ञानेन्द्र शाहलाई तीन पटकसम्म राजा हुने योग परेको भविष्यवाणी गरेपछि चर्चामा पुगेकी सविता सरु शर्मा आचार्यले पछिल्लो पटक वाम गठवन्धनमा संकट आइपर्ने..

फिल्म उद्योगमा नयाँ ट्रेन्ड सेट गर्न खोज्दैछु : नायिका ऋचा 
फिल्म उद्योगमा नयाँ ट्रेन्ड सेट गर्न खोज्दैछु : नायिका ऋचा 

फिल्मी दुनियामा ‘गुमनाम’ भएको लख काटिँदैगर्दा ऋचा शर्मा निर्मात्रीका रुपमा  उभिइन्, केही समय अघि ‘आधा लभ’ लिएर । त्यसताका आफैले अभिनय गरेको लुट&..

कांग्रेससँग फेरि सहकार्य गर्नेबारे प्रचण्डको सनसनीपूर्ण खुलासा, ओलीलाई काउन्टर
कांग्रेससँग फेरि सहकार्य गर्नेबारे प्रचण्डको सनसनीपूर्ण खुलासा, ओलीलाई काउन्टर

– पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष माओवादी केन्द्र नेपालको राजनीति कतातिर जाँदैछ ? संविधान नबन्दासम्म सबै नेपाली जनतालाई चिन्ता र चासो थियो । संविधान..

प्रदेश २ मा पनि फोरम र एमालेको सरकार बन्ने, सरकारमा बस्ने राजपाको हैसियत छैन: उपेन्द्र यादव
प्रदेश २ मा पनि फोरम र एमालेको सरकार बन्ने, सरकारमा बस्ने राजपाको हैसियत छैन: उपेन्द्र यादव

वाम गठबन्धनको सरकारमा संघीय समाजवादी फोरमलाई पनि सहभागि गराउने प्रयास भइरहेको छ । गृहकार्य चलिरहेको छ । निष्कर्ष निस्किएको छैन । संविधान संशोधनको मुद्दा र भागबण्डाको विषयमा छल..