‘भिजिट नेपाल २०२०’ को पहिलो गाँसमै ढुङ्गा !

  |   प्रकाशित :

काठमाडौँ । प्रतिनिधिसभामा बोल्दै सांसद नेपाली कांग्रेसका सांसद देवेन्द्र राज कँडेलले नेपालले भव्यताका साथ भिजिट नेपाल २०२० सुभारम्भ गरे पनि पहिलो गाँसमा नै ढुङ्गा परेको बताएका छन् ।

कँडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई अष्टेलिया डडेलो लागिरहेको अवस्थामा भ्रमण वर्षको प्रचार प्रसार गर्न गएको विषयमा व्यङ्ग्य समेत गरे । उनले भने नेपाल भ्रमणको लागि छिमेकी राष्ट्र चीनबाट पर्यटकको संख्या बृद्धि हुनेमा आशावादी रहेको भएपनि चीनको बुहान क्षेत्रबाट फैलिएको कोरोनाभाइरसले समेत निराश हनुपर्ने अवस्था आएको बताएको छ ।

चीनबाट पर्यटनको संख्यामा बृद्धि हुनेमा आशावादी थियौँ, उनले भने तर त्यसबाट क्षेत्रमा फैलिएको कोरोनाभाइरस झण्डै १६ राष्ट्रमा फैलिएको अवस्थामा पर्यटक बढ्ने भन्दा पनि भाइरसंग डराउनुपर्ने अवस्था आयो । उनले नेपालले अंग्रेजी नयाँवर्षको अवसर पारेर भिजिट नेपाल २०२० को आयोजना गरी आन्तरिक तथा बाह्य पर्यटन लक्ष्य लिएको भएपनि नेपाललाई पहिलो गाँसमा नै ढुङ्गा मिलेकको बताए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech