फिल्म ‘प्रेम गीत ३’ को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

  |   प्रकाशित :

काठमाडौं । फिल्म ‘प्रेम गीत ३’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मुस्ताङमा खिचिएको यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘हात्ती ढुंगामा’ बोलको गीतमा सागर आले र मेलिना राईको स्वर सुन्न सकिन्छ । यो गीत केही फरक खालको लाग्छ । गीतका शब्द हर्क साउथले लेखेका हुन् भने कल्याण सिंहले संगीत दिएका छन् ।

भिडियोमा फिल्मका शीर्ष कलाकार प्रदीप खड्का, क्रिष्टिना गुरुङ, सुनील थापा लगायतको अभिनय देख्न सकिन्छ । संस्कृतिको झल्को दिने उक्त गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech