कोरोनाको असरले लुम्बिनीमा घट्याे ४८ हजार पर्यटक, होटल बुकिङ धमाधम रद्द 

  |   प्रकाशित :

काठमाडौं । नोवेल कोरोना भाइरसको असर नेपालको पर्यटकीय गनतव्य लुम्बिनीको पर्यटन क्षेत्रमा देखिएको छ ।

नेपाल सरकारले भिजिट नेपाल २०२० सुरु गरेसँगै जनवरीमा केही असर पारेको कोरोनाले फेब्रुअरीको सुरुदेखि नै पर्यटन व्यवसायमा प्रभाव पारेको छ । भाइरसकै कारण लुम्बिनीका होटलमा अग्रिम बुकिङ भएको प्याकेज र होटल रद्द भइरहेकाे छ ।

बेलहिया नाका हुँदै आउने विदेशी पर्यटक र लुम्बिनी भ्रमण गर्ने पर्यटक पहिलो महिनामै घटेकाे छ । स्थलमार्गको भैरहवाका (बेलहिया)बाट यो वर्षको जनवरीमा ११ हजार सात सय ५९ विदेशी पर्यटक आएका थिए । जुन गतवर्ष भन्दा ६ सय ९३ ले कम हो । 

विदेशी पर्यटक मात्र होइन भारतीय र नेपाली पर्यटक पनि लुम्बिनीमा गतवर्षको तुलनामा घटेकाे छ । लुम्बिनी विकास कोषको अनुसार यो वर्षको जनवरीमा १३ हजार एक सय सात विदेशीले, १३ हजार नौ सय ७८ भारतीयले र ६७ हजार नौ सय ४२ जना नेपालीले लुम्बिनी भ्रमण गरे। जुन गतवर्ष भन्दा ४८ हजार ६० ले कम हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech