एसइई परीक्षामा चार लाख ८५ हजार सहभागी

रासस प्रकाशित: २०७४-१२-८ गते | 468 पटक हेरिएको
एसइई परीक्षामा चार लाख ८५ हजार सहभागी

भक्तपुर। माध्यमिक शिक्षा परीक्षा (एसइई) आज शान्तिपूर्ण रुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन भएको छ । 

आज बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्ण रुपमा सञ्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ । 

यसवर्ष परीक्षामा अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ । एसइई परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका छन् । परीक्षामा प्रत्येक केन्द्रमा एक जना केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी जम्मा ६४ हजार ७६२ जनशक्ति परिचालित भएको रेग्मीले बताउनुभयो । 

साधारणतर्फको परीक्षा १७ गते तथा प्राविधिकतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ । यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रमका आधारमा प्रश्नपत्र तयार पारिएको बताइएको छ । अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्न पद्दतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सोभन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जामटेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था गरिएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिनुभयो । 

सबै प्रदेश समेटिने गरी राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा शिक्षा मन्त्रालय मार्फत् सहसचिवको नेतृत्वमा अनुगमन टोली, क्षेत्रीय शिक्षा निर्देशनालयमा आफ्नो क्षेत्रभित्र अनुगमन टोली र जिल्लामा परीक्षा समन्वय समितिका पदाधिकारी एवं जिल्ला शिक्षा कार्यालयका कर्मचारीलाई अनुगमनमा खटाइएको छ । अनुगमन टोलीले परीक्षामा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगत रूपमै कारबाही गर्नसक्ने अधिकार दिइएको छ । परीक्षालाई बाधा पुग्ने गरी अमर्यादित कार्य गर्नेलाई रु एक लाखसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । 

“आगामी वर्षदेखि एसइई परीक्षा प्रदेशस्तरमा सञ्चालन गर्ने तयारी शुरु गरिएको छ,” रेग्मीले भन्नुभयो ।

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

प्रधानमन्त्री ओलीमाथि युवा नेता गगन थापाले लगाए यस्तो संगिन आरोप, के आउँला जबाफ?

ओलीले मानेनन प्रचण्डको प्रस्ताव, अन्तिम समयमा माओवादीलाई यति ठूलो धोका

काठमाडौं । एमालेसँग पार्टी बिलय गराउन लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आफ्नै दलका नेताहरूले दवाव दिइरहेका छन् । यता, एमालेका अधयक्ष केपी ओलीसँग..

नेपाली सेना देखाएर माओवादीले ओलीलाई दियो यस्तो धम्की, बालुवाटारमा हंगामा

काठमाडौं । नेकपा एमालेसँग पार्टी एकताको प्रक्रियामा रहेको माओवादी केन्द्रले प्रधानमन्त्री एवं केपी शर्मा ओलीलाई एकता प्रक्रियामा पेल्न खोजे प्रतिकार गर्ने चेतावनी दिएको छ। ओली..

ओली–दाहालद्वारा सत्तासाझेदार दलकै कार्यक्रम बहिष्कार, देउवाले यसरी देखाए राजनीतिक संस्कार

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालको प्रथम वार्षिकोत्सवको कार्यक्रमलाई प्रधानमन्त्री केपी ओली र उनको पार्टी नेकपा (एमाले)ले खासै महत्व नदिएपछि राजपाका नेताहरूक..

प्रचण्डको पक्षमा उभिँदै वामदेवले ओलीलाई दिए काउन्टर, ओली छाडेर नयाँ पार्टी बन्ने संकेत

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लाइनमा उभिएका छन् । एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्धलाई उल्लेख गर्नुपर्ने तथा बराबरी..

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोसी हाइड्याम निर्माणको सम्झौता गोप्य राखेको बुझिएको छ । बोलीमा राष्ट्रवाद, व्यवहारमा राष्ट्रघात गर्दै आएको एमाले अध्यक्ष एवं प्रधानम..


चीनलाई भारतको काउन्टरः  प्रधानमन्त्री ओली दोधारमा
चीनलाई भारतको काउन्टरः  प्रधानमन्त्री ओली दोधारमा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुटनीतिक अड्चन आइपरेको छ। प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण..

ओलीलाई टक्कर दिँदै गृहमन्त्रीले बनाए अर्को जासुसी संगठन
ओलीलाई टक्कर दिँदै गृहमन्त्रीले बनाए अर्को जासुसी संगठन

काठमाडौं । गृह मन्त्रालयको मुटु मानिने राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालय मातहत लगेपछि गृहमन्त्री रामबहादुर थापाले सोही प्रकृतिको अर्..

‘सिन्डिकेट’को विपक्षमा यातायात व्यवसायी र मजदुर
‘सिन्डिकेट’को विपक्षमा यातायात व्यवसायी र मजदुर

काठमाडाैँ । ‘सिन्डिकेट’को विपक्षमा केही यातायात व्यवसायी र मजदुर देखिएका छन् ।देशभरि सार्वजनिक यातायातमा रहेको सिन्डिकेट खारेज गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्..

धुर्मुसले यहाँ बनाउने भए अन्तर्राष्टिय क्रिकेट रंगशाला, टुंगो लाग्यो ठाउँ
धुर्मुसले यहाँ बनाउने भए अन्तर्राष्टिय क्रिकेट रंगशाला, टुंगो लाग्यो ठाउँ

काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनले अन्ततः क्रिकेट रंगशाला निर्माणका लागि ललितपुरको गोदावरीमा रहेको जग्गा फाइनल गरेको छ । सबै हिसाबले सो जग्गा उपयुक्त देखिएको भन्दै फाउन्डे..