फोहर पानी पिउन बाध्य बन्दै ग्रामीणबस्तीका बासिन्दा

रासस प्रकाशित: २०७४-१२-८ गते | 742 पटक हेरिएको
फोहर पानी पिउन बाध्य बन्दै ग्रामीणबस्तीका बासिन्दा

डडेल्धुरा। सुख्खायाम लागेसँगै मूलसुक्न थालेपछि फोहर पानी पिउन बाध्य बनेका छन् डडेल्धुराका ग्रामीण बस्तीका बासिन्दा । जिल्लाका विभिन्न बस्तीमा खानेपानीको पाइपमा पानी कम आउन थालेपछि खोलानाला वा कुवाको फोहर पानी पिउन बाध्य बनेका हुन् । 

लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका नवदुर्गा गाउँपालिका– १ सुनकोटका बासिन्दा खोलानालाको फोहर पानी प्रयोग गरी रहेको बताउनुहुन्छ । नवदुर्गाको सुनकोट जस्तै अजयमेरुको हाट, अमरगढीको हतर्कालगायतका ठाउँमा खानेपानीको समस्या भोगिरहेका छन् । 
हिउँद नसकिँदै पानीको समस्या आइपरेको र खोलानालाको पानीको भरमा खानेपानीको गुजरा चलाइरहको सुनकोटका लक्ष्मी विकले बताउनुभयो । दुई सय भन्दा बढी परिवार रहेको सुनकोट गाउँमा बिहान सबेरै उठ्नसक्यो भने खानेपानी पाउने गरेको र नत्र खोलाको फोहरपानीले नै खाना र अन्य कुराका लागि जोहो गर्नुपर्ने बाध्यता रहेको सुनकोटका अर्का महिला राजु भुलले दुखेसो पोख्नुभयो । 

कोटेली गाउँमा नै खानेपानी समस्या रहेको भए तापनि दलित बस्ती रहेको सुनकोटमा खानेपानीको बढी समस्या हुने गरेकोे स्थानीय कलावती भुलले बताउनुभयो । घरको एकजनाले पानी भर्नमा नै दिन बिताउनुपर्ने भएकाले प्रायः बालबालिका पानी भर्नका लागि घरमा नै बस्ने गरेको स्थानीयवासीले जानकारी गराएका छन् । 

दुई सय भन्दा बढी परिवारले खानेपानीका लागि लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी लक्ष्मी विकले बताउनुभयो । 

धेरैजसो बालबालिका विद्यालय नगएर पानी बोकिरहेको अवस्थामा भेटिन्छन् । पानीका लागि घण्टौं लाइनमा बस्नुपर्ने वा दुई तीन घण्टाको बाटो हिँडेर खोलाको पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासी धर्म विकले बताउनुभयो । 

नुहानका लागि समेत पालो कुर्नुपर्ने स्थानीयवासीको भनाइ छ । शौचालय र अन्य सागपातका लागि सिँचाइ सुविधा नभएको स्थानीयवासीले जानकारी गराएका छन् । स्थानीयस्तरमा जनप्रतिनिधि आएपछि खानेपानीको समस्याबाट मुक्त हुने आशा बोकेका सुनकोटका सर्वसाधारण फेरि आफ्ना दुःख उस्तै रहेको बताउँछन् । 

सुनकोटलगायत साविको कोटेली गाविसका धेरै गाउँ खानेपानी समस्या भोग्दै आइरहेका छन् । मूलको विवादका कारण पानी समस्या भएको तर हाल समाधान भएको र अब चाडैं खानेपानी लगायतका योजना सञ्चालन हुने स्थानीयवासी समाज सेवी टेकबहादुर ऐरले बताउनुभयो । 

सुख्खायाम लागेसँगैं ग्रामीण भेगमा पानीका मूलसुकेर जान थालेपछि खानेपानी समस्या देखिन थालेको हो । जथाभावी जंगलकोबिचबाट सडक खन्दा मूलसुक्न थालेको स्थानीयवासीको भनाइ छ । पानीका मूल तथा खोलानालामासमेत पानी कम हुन थालेपछि डडेल्धुरालगायत पहाडी भेगका गाउँबस्तीमा पानीको समस्या देखिन थालेको हो ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

राजदुतमा सिफारिस भएका उप्रेती नेपालका यसकारण 'एपी जे अब्दुल कलाम' हुन !

प्रदेश २ मा मुख्यमन्त्री राउतको योजना लोकप्रिय बन्दै, बिपक्षीहरुको बिरोध कायमै

सरकारलाई सर्बोच्च अदालतको अर्को ठुलो झट्का, के मान्लान त दुईतिहाइको शक्तिशाली सरकारले?

देउवाले दिए अाेलीलार्इ 'वारपार' काे सत्ता हल्लिने चेतावनी, बालुवाटारमा खैलाबैला !

ओली सरकारले पैसाकाे मुठाे कस्दै ब्युतायो यातायत सिन्डिकेट (प्रमाणसहित)

अाेली कानुनकाे पाना नपल्टाउँदा अाँफैले गरेकाे निर्णयलार्इ अायाे बदर गर्ने स्थिती, के बदर गर्लान ?

बाढीपहिरो र डुबानबाट रु १२ करोड क्षति, ओली सरकारका मन्त्रीहरुको फाइभ स्टारमा मस्ती !

सांसदकै छोरा पप्पु कन्स्ट्रक्सनको मालिक, आर्थिक चलखेल गरी ठेक्का पार्ने योजनाको पर्दाफास

काठमाडौँ । २०४० सालमा स्थपना भएको पप्पु कन्ट्रक्सनले आर्थिक चलखेल गरी अहिले देशभरिको नै ठेक्का हात पार्ने गरेका छन् । देशभरिको ठेक्का हात परेर समयमा काम नगर्नु र जुन काम गर..

गुन्डा पाल्ने देखी पत्रकार धम्क्याउनेसम्म यस्ता छन् नविना लामाका ठुला हर्कतहरु, तनावमा परे ओली?

काठमाडौं । सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद एवम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय नेत्री नविना लामा पछिल्लो समय एकपछि अर्को गरेर विवादमा तानिएकी छिन् ।..

यी हुन् सरकारी खर्चमा फाइभस्टार होटेलमा फूटवल हेर्ने कम्युनिष्ट मन्त्रीहरु !

काठमाडौं । तराई मधेश लगायत देशका विभिन्न ठाउँहरुमा जनता बाढी पहिरोले पिडित छन् भने यता सरकारका मन्त्रीहरु सरकारी खर्चमा मौजमस्ती गर्दै गरेको प्रमाण फेला परेको छ।  सुशा..


देउवाले दिए अाेलीलार्इ 'वारपार' काे सत्ता हल्लिने चेतावनी, बालुवाटारमा खैलाबैला !
देउवाले दिए अाेलीलार्इ 'वारपार' काे सत्ता हल्लिने चेतावनी, बालुवाटारमा खैलाबैला !

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १७ दिनदेखि चिकित्सा शिक्षा सुधारका लागि आमरण अनसनमा बसेका डा गोविन्द केसीको माग सम्बोधन गरी जीवनरक..

ओली सरकारले पैसाकाे मुठाे कस्दै ब्युतायो यातायत सिन्डिकेट (प्रमाणसहित)
ओली सरकारले पैसाकाे मुठाे कस्दै ब्युतायो यातायत सिन्डिकेट (प्रमाणसहित)

काठमाडाैँ । केपी अाेली नेतृत्व सरकारले  पैसाकाे मुठाे कस्दै यातायत सिन्डिकेट  ब्युताएकाे छ। अाेली नेतृत्व सरकारका मन्त्री रघुबीर महासेठकाे याेजनामा यातायत सिन्डिकेट&..

अाेली कानुनकाे पाना नपल्टाउँदा अाँफैले गरेकाे निर्णयलार्इ अायाे बदर गर्ने स्थिती, के बदर गर्लान ?
अाेली कानुनकाे पाना नपल्टाउँदा अाँफैले गरेकाे निर्णयलार्इ अायाे बदर गर्ने स्थिती, के बदर गर्लान ?

काठमाडौँ । पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूत सिफारिस गर्ने सरकारको निर्णय संवैधानिक विवादमा फसेको छ।   सोमबार बसेको मन्त्रिपरिषद् ब..

काँग्रेस नेता गच्छदारले विगतमा अाेलीले गरेकाे यस्ताे कर्तुतकाे गरे पर्दाफास !
काँग्रेस नेता गच्छदारले विगतमा अाेलीले गरेकाे यस्ताे कर्तुतकाे गरे पर्दाफास !

विराटनगर । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले विगतमा प्रधानमन्त्री केपी अाली अाफैले गरेकाे सहमति कार्यन्वयन नगर्दा  राज्य सञ्चालनमा समस्या भइरहेकाे छ।..