एसइई परीक्षा : सिरहामा दुई केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित

रासस प्रकाशित: २०७४-१२-८ गते | 676 पटक हेरिएको
एसइई परीक्षा : सिरहामा दुई केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित

लहान। आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित ढंगबाट सञ्चालन नगरेको भन्दै सिरहाको दुई वटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष र एक निरीक्षकलाई आज निष्कासन गरिएको छ । 

इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले मर्यादित तरिकाबाट परीक्षा सञ्चालन नगरेको भन्दै लहानस्थित पशुपति आदर्श माविका परीक्षा केन्द्रका केन्द्राध्यक्ष परमेश्वर राय र ब्रह्माण गोर्छारी परीक्षा केन्द्रका केन्द्राध्यक्ष रामभजन साहलाई निष्कासन गरिएको सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले जानकारी दिनुभयो । 

यस्तै परीक्षामा परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै ब्रह्माण गोर्छारी परीक्षा केन्द्रमा खटिएको परीक्षा निरीक्षक गौरीनारायण यादवलाई पनि निष्कासन गरिएको जिशिअ महतोले बताउनुभयो । निष्कासन गरिएको स्थानमा भोलिदेखि अर्काे केन्द्राध्यक्ष र निरीक्षकले परीक्षा सञ्चालन गर्ने जिशिअ महतोको कथन छ । 

त्यस्तै सिरहाको तीन वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई सचेत गराइएको र अन्य परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा आजको परीक्षा सम्पन्न भएको उहाँले बताउनुभयो । यस वर्षको एसइई परीक्षामा जिल्लाका ७६ सामुदायिक र ५७ संस्थागत विद्यालयसहित १३३ विद्यालयका परीक्षामा सिरहाबाट नियमिततर्फ नौ हजार २८४ र एक्जाम्टेडतर्फ ५९३ गरी नौ हजार ८७७ परीक्षार्थी सहभागी भएको जिशिअ महतोले बताउनुभयो ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

शिक्षामन्त्रीले मुख नखाेलेपछि नेकपाकै विद्यार्थी संगठन अाेर्लिए, मन्त्री बचाउँ भन्दै पुगे अाेली कहाँ

डा.केसीका यी कमाण्डरले मागे कानुनमन्त्रीको राजीनामा, अाेली पर्ने भए फेरि सर्वाेच्चकाे झमेलामा

सांसद नविना लामा डा. केसीकाे पक्षमा बाेल्दै अाेलीलार्इ यसरी थर्काइन्, बालुवाटारमा खैलाबैला !!!

राजपाकाे साथ पाएपछि जहाँ नेकपाकाे पकड छैन् त्यहाँ गएर कांग्रेसले गर्दैछ अाेली विरुद्ध यस्ताे खतरनाक तयारी

जागिरको लाेभमा पर्दा दुई युवती भइन् बलात्कारकाे शिकार, युवा पक्राउ अधबैसेँ फरार

महिला अधिकारकर्मीहरुले झपारेपछि कानुनमन्त्री तामाङले ३ कराेड जनतासँग यसरी मागे माफी

‘चिकित्सक केसीको अनशन : स्वास्थ्यको मौलिक हकको उल्लङ्घन’

कानून मन्त्री तामाङ भन्छन्: बंगलादेशमा अध्ययनरत्त नेपाली चेली आफ्नो शरीर बेचेर प्रमाणपत्र लिन्छन् !

काठमाण्डौ । संघिय सरकारका कानून मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा अध्यनरतरत्त नेपाली चेलीहरु आफ्नो शरीर बेचेर एमबीबीएसको प्रमाणपत्र लिने गरेको बताएका छन् । राजधानीको एक..

डा. गोबिन्द केसीमाथि प्रधानमन्त्री ओलीले लगाए यस्तो संगिन आरोप, अब के गर्लान केसी?

काठमाडौँ। २१ दिनदेखि आमरण अनशनरमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलार्इ प्रधानमन्त्री केपी अाेलीले  भारतकाे इसारमा अनशन बसेकाे अारेाप लगएका छन्। प्रम अाेलीले&nbs..

पार्टी छाेडेपछि सभामुख महराले पहिलाे पटक अाेलीलार्इ साथ दिदैँ गरे सदनमा यस्ताे निर्णय!!!

काठमाडाैँ । चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक एक हप्ता पछिकाे लागि सारिएकाे छ। सभामुख कृष्ण बहादुर महराले एक..


जागिरको लाेभमा पर्दा दुई युवती भइन् बलात्कारकाे शिकार, युवा पक्राउ अधबैसेँ फरार
जागिरको लाेभमा पर्दा दुई युवती भइन् बलात्कारकाे शिकार, युवा पक्राउ अधबैसेँ फरार

काठमाडौं । जागिरको लाेभमा पर्दा दुई युवती बलात्कारकाे शिकार भएकी छन्। अपरिचत पु्रुषसंग जागिर पाउने प्रलोभनमा सल्यानका दुई युवती दाङ्गमा बलात्कारकाे शिकार भएकी हुन्। असार २९..

‘चिकित्सक केसीको अनशन : स्वास्थ्यको मौलिक हकको उल्लङ्घन’
‘चिकित्सक केसीको अनशन : स्वास्थ्यको मौलिक हकको उल्लङ्घन’

– कालिका खड्का  काठमाडौँ । नेपालको संविधानले नागरिकले स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकमा राखेको छ । यसो हुँदाहुँदै पनि मौलिक हकमा राखिएको स्वास्थ्य स..

मेलम्ची खानेपानी ल्याउने कामले गर्दा इण्टरनेट समस्या
मेलम्ची खानेपानी ल्याउने कामले गर्दा इण्टरनेट समस्या

काठमाडौँ।  मेलम्ची खानेपानीको पाइप राख्ने कामले गर्दा काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा राखेको इण्टरनेट प्रयोग गर्नमा समस्या भएको छ ।  केही समयअघि का..

प्रधानमन्त्री ओलीको निर्देशनमा रिभल्वरसहित मैदानमा उत्रिएका यी हुन् प्रहरी हबल्दार बम, यसरी रचिएको रहेछ षडयन्त्र  !
प्रधानमन्त्री ओलीको निर्देशनमा रिभल्वरसहित मैदानमा उत्रिएका यी हुन् प्रहरी हबल्दार बम, यसरी रचिएको रहेछ षडयन्त्र  !

काठमाडौं । नेपाली काँग्रेसका भात्रृ संगठन नेपाल तरुण दलले हिजो राजधानीमा गरेको प्रदर्शनमा प्रहरीले बर्बरतापूर्ण तरिकाले दमन गरेपछि धेरै भित्री रहस्यहरुको खुलाशा हुन थालेको छ&n..