रवीनले ‘मेरो सपनाको भारी...’ भन्दै आयो बजारमा (भिडियोसहित)

  |   प्रकाशित :

काठमाडौं । रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘मेरो सपनाको भारी...’ सार्वजनिक भएको छ । उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीत र एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका खड्का र रवीन लाई फिचरिङ गरिएको छ । चन्द्र चौधरीको मिक्सिङरमाष्टरिङ रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको छ ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत स्रोतारदर्शकमाझ पस्किएका छौ, यसले स्रोता र दर्शकको मन जित्ने छ भन्नेमा आशावादी छौं’, सङ्गीतकार हरि लम्सालले भने ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech