भारत सरकारले बनाइदिएको विद्यालय भवन नेकपाका अध्यक्ष प्रचण्डद्वारा उद्घाटन (हेर्नुस् ६ फाेटाे)

  |   प्रकाशित :

नुवाकोट । भारत सरकारको सहयोगमा नुवाकोट जिल्लामा माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण गरिएको छ । 

भारत सरकारको सहयोगमा भूकम्पपश्चातको पुनर्निर्माण परियोजनाअन्तर्गत नुवाकोट जिल्लाको किस्पाङ्मा ऐँसेलुभूमे माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको हो । सो भवनको आज पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन् । 

नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त ऐँसेलुभूमे माध्यमिक विद्यालय सन् १९९० (विसं २०४६ साल)मा स्थापना भएको हो । हाल यस विद्यालयले करिब ६३७ विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।

भारत सरकारको नेरु ३९.५७ मिलियन अनुदान सहयोगमा निर्मित सो नयाँ संरचनामा तीनवटा ब्लकहरु रहेका छन् । यस विद्यालयको तीन तल्ले शैक्षिक भवनमा ६ वटा कक्षा कोठा रहेका छन् भने दुई तल्ले शैक्षिक भवनमा ४ वटा कक्षा कोठाका साथै फर्निचर र छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech