सरकारको निर्णयविरुद्ध विद्यार्थीहरु आन्दोलित, के छ विद्यार्थीहरुको माग ?

  |   प्रकाशित :

काठमाडौं । त्रिचन्द्र कलेजका विद्यार्थीले बुधबार सडकमै सरकारविरुद्ध प्रदर्शन गरेका छन् । 

पुस्तक आयातमा सरकारले १० प्रतिशत भन्सार कर लगाउने निर्णयविरुद्ध विद्यार्थी आन्दोलित भएका हुन् । विद्यार्थीले कर लगाउन नहुने भन्दै हस्ताक्षरसमेत संकलन गरेका छन् ।

विद्यार्थीको प्रदर्शनमा नेपाल विद्यार्थी संघले एक्यवद्धता जनाएको महामन्त्री दीपक भट्टराईले बताए । शैक्षिक शुल्क नै विद्यार्थीलाई महँगो भइरहेका बेला किताबमा समेत कर लगाएर विद्यार्थीलाई मारमा पार्न खोजिएकोले आन्दोलनलाई समर्थन गरेको महामन्त्री भट्टराईको भनाइ छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech