सरकारले बजेटको आकार १० प्रतिशतले घटायोः अर्थमन्त्री खतिवडा

  |   प्रकाशित :

काठमाडौं । सरकारले बजेटको आकार १० प्रतिशतले घटाएको छ ।

बजेट समीक्षाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले चालु आर्थिक वर्ष २०७६र७७ को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार १० प्रतिशतले घटाएको जानकारी दिएका हुन् ।

अब बजेटको आकार १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रूपैयाँ कायम भएको छ ।  कुल विनियोजित बजेटको  ९०.४ प्रतिशत कायम गरिएको डा. खतिवडाले जानकारी दिए । सरकारले यो वर्ष १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँ बजेट ल्याएको थियो ।

अर्थमन्त्री खतिवडाले फागुन मसान्तसम्म पनि सुरु नहुने आयोजनाका लागि बजेट नदिने बताए । बजेटको आकार घटाए पनि आर्थिक वृद्धिदरको लक्ष्य यथावत राखिएको छ । आर्थिक वृद्धिका विषयमा मध्यावधि समीक्षामा मन्त्रालयले केही बोलेको छैन ।

सरकारले राजश्वको लक्ष्य पनि संशोधन गरेको छ । बजेटमा अनुमान गरिएकोमध्ये ९०।५ प्रतिशत मात्रै राजस्व उठ्ने संशोधित अनुमान गरिएको खतिवडाले बताए । यो वर्ष ९ अर्ब ८१ अर्ब १३ करोड ८३ लाख राजस्व संकलनको लक्ष्य थियो । अब ८ खर्ब ८८ अर्ब मात्रै राजश्व संकलन गर्ने गरी लक्ष्य संशोधन गरिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech