यी हुन संसदमै प्रचण्डलाई जेल हाल्नुपर्छ भन्ने हिम्मतवाली महिला सांसद, गृहमन्त्रीलाई आपत !

  |   प्रकाशित :

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जेल हाल्न संसदमा आवाज उठेको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा प्रचण्डलाई जेल हाल्नुपर्छ हिम्मतवाली सांसद हुन हिरादेवी गुरुङ । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद गुरुङले संसदमै उपस्थित गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गराउँदै पाँच हजार मान्छे मारेको हुँ भन्दै सार्वजनिक अभिव्यक्ति दिने प्रचण्डलाई किन कानुनी दायरामा नल्याइएको भन्दै प्रश्न गरिन । केही दिनअघि प्रचण्डले युद्धकालमा मारिएकामध्ये पाँच हजारको जिम्मा लिने घोषणा गरेको प्रसंग उल्लेख गर्दै हिरादेवीले पक्राउन गरेर कारवाही अगाडि बढाउन माग गरेकी हुन् । 

टुँडिखेलमा आयोजित समारोहमा अध्यक्ष प्रचण्डले जनयुद्धमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने र बाँकी १२ हजार मान्छे तत्कालिन राज्य पक्षबाट मारिएकाले उनीहरुले जिम्मा लिनुपर्ने बताएका थिए । उनले राजामहाराजाले मारेको तर्क समेत गरेका थिए ।

प्रचण्डको उक्त भनाई स्मरण गर्दै सांसद गुरुङले आपत्ति जनाइन्ः ‘पाँच हजार मारेको छु भनेर सार्वजनिक अभिव्यक्ति दिनेलाई कानुनी दायरामा ल्याउन नसक्ने सरकार पूर्ण रूपमा अपराधी र विभिन्न काण्डैकाण्ड मालिकको संरक्षक हो भन्दा फरक पर्दैन ।’

ठूलालाई चैन, सानालाई ऐन भन्ने कुरा पुष्टि हुँदै गएको भन्दै हिरादेवीले कानुनी राज्य र न्यायको अनुभूति दिलाएमात्रै लोकतन्त्रको प्रत्याभूति हुनेतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech