कोरोना संक्रमणको शंका गरेका नागरिक अस्पतालबाट फरार

  |   प्रकाशित :

काठमाडौं । टेकु अस्पतालमा उपचारत साउदी अरबका एक नागरिक फरार भएका छन् । 

चीनको बाटो हुँदै नेपाल आएका ति साउदी नागरिकलाई कोरोना भाइरसको संक्रमण भएको आशंकामा एक हप्तअअघि टेकु अस्पतालमा भर्ना गरिएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँचका लागि पुगेका साउदी नागरिकमा रुघाखोकी र ज्वरो आएको थियो । 

कोरोनाको आशंका भएपछि अस्पतालले निगरानीमा राख्ने निर्णय गरी तयारी गर्नासाथ उनी फरार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ति साउदी नागरिकको कोरोना परिक्षण हुन बाँकी रहेको थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech