शहीद स्मारक लिगः अन्तिम चरणका खेल सुरु

  |   प्रकाशित :

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबारदेखि अन्तिम चरणका खेलहरु सुरु हुँदैछन् ।

एन्फा कम्प्लेक्स मैदानमा बिहीबार तीन वटा खेल हुँदैछन् । तीन खेलमध्ये सबैको नजर दोस्रो खेलमा हुनेछ । जुन खेलले ुबीु डिभिजनमा झर्ने दोस्रो टिमको टुङ्गो लाग्नेछ ।

दिउँसो १२ः१५ बजे विभागीय क्लब एपीएफ र ब्रिगेड ब्वाइज प्रतिस्पर्धा गर्दैछन् । १२औँ चरणको खेल सकिँदा ब्रिगेड ब्वाइज र एपीएफ समान आठ–आठ अङ्कका साथ पुछारबाट क्रमशः दोस्रो र तेस्रो स्थानमा छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech