टाउकोको मूल्य तोकेकै कारण नेकपाको नेतृत्व परिवर्तन भएको खुलासा !

  |   प्रकाशित :

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टाउकोको मूल्य तोकेकै कारण पार्टीको नेतृत्वबाट परिवर्तन सम्भव भएको बताएका छन् । 

आज पार्टी कार्यालय धुम्बाराहीमा २५ औँ जनयुद्ध दिवसको श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले शान्ति प्रक्रियामार्फत गणतन्त्रसम्म आइपुग्नु नेपाली जनताको सौभाग्यपूर्ण उपलब्धि भएको बताउँदै टाउकोको मूल्य तोकेकै कारण पार्टीको नेतृत्वबाट परिवर्तन सम्भव भएको बताएका हुन् ।

पाँच वर्षअघिसम्म एकअर्काप्रति तिखो छेड्छाड गर्ने कम्युनिस्ट पार्टी आज एउटै भएको बताउँदै अध्यक्ष प्रचण्डले श्रीलंका, पेरुलगायत विश्वका विभिन्न देशमा कम्युनिस्ट पार्टीले जनयुद्धबाट शान्ति प्रक्रियामा आउन खोजे पनि आउन नसकेको बताए ।

उनले नेपालको सन्दर्भमा तत्कालीन माओवादीले शान्ति प्रक्रियाबाट गणतन्त्रसम्मको उपलब्धि हासिल गर्न सकेको दाबी गरे । नेकपा तथा भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी आज २५ औं जनयुद्ध दिवस मनाउँदै छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech