सप्तरीमा एक लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइने

  |   प्रकाशित :

सप्तरी (सिमरा) । सप्तरीमा ९७ हजार बालबालिकालाई दादुराविरुद्धको खोप लगाइने भएको छ । 

राष्ट्रिय दादुरा-रुबेला खोप अभियान २०७६/०७७ अन्तर्गतअभियानको पहिलो चरण अन्तर्गत बिहीबार हनुमाननगर कंकालिनी नगरपालिका-७ बाट कार्यक्रम गरी खोप लगाउन शुरु गरिएको हो । फागुन महिनाभरी तीन चरणमा ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई रोगबाट बचाउन खोप लगाइने छ । 

सप्तरीमा पहिलो चरणअन्तर्गत हनुमाननगर कंकालिनी, राजविराज, सप्तकोशी र कञ्चनरुप नगरपालिका तथा महादेवा, तिरहुँत र तिलाठी कोइलाडी गाउँपालिकाका बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा. दुनियालाल यादवले जानकारी दिए ।

खोप लगाउनकालागि जिल्लामा स्वयमसेवक, स्थानीय सुपरभाइजर र जिल्ला सुपरभाइजर गरी कुल २ हजार ५ सय ८३ जना कर्मचारी परिचालित गरिएको जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech