सप्तरीको धार्मिक सभामा तेस्रो मुलुकका मुस्लिमलाई निषेध, प्रधानमन्त्री ओलीको निर्देशनमा उल्टियो गृहको सर्कुलर

  |   प्रकाशित :

काठमाडौं । सरकारले तेस्रो मुलुकका मुस्लिम धर्मावलम्बीलाई निषेध गरेर सप्तरीको धार्मिक सभा सञ्चालन गर्न दिने भएको छ । 

बिहीबार मात्रै गृह मन्त्रालयले नेपाल र भारतबाहेक अन्य मुलुकबाट समेत मुस्लिमहरु आएको भन्दै सभा स्थागित गराउन जिल्ला प्रशासन कार्यालय सप्तरीलाई सर्कुलर जारी गरेको थियो । 

तर, प्रधामन्त्री केपी शर्मा ओलीको निर्देशनपछि उक्त सर्कुलर उल्टिएको छ भने नेपाल र भारतबाहेक तेस्रो मुलुकबाट आएका मुस्लिम समुदायलाई फर्काउने शर्तमा सप्तरीको बोदेबर्साइन नगरपालिकामा धार्मिक सभा सञ्चालनको अनुमति दिइएको छ ।

धार्मिक सभा सञ्चालनको अनुमति पाएसँगै मुस्लिम समुदायले सभाको तयारी तीव्र पारेका छन् । सभा यही फागुन ३ गते शनिबारदेखि सुरु हुँदैछ । सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले तेस्रो मुलुकबाट आएकाहरुलाई फर्काउने शर्तमा सभा सञ्चालन गर्ने अनुमति दिइएको बताए । उनका अुनसार अन्य देशबाट आउनेहरुलाई आयोजकले नै फिर्ता पठाउन थालेका छन् ।

नेपाल र भारतबाहेकका दुई सय भन्दा बढी व्यक्ति सभास्थलमा आइसकेका छन् । उनीहरुलाई फर्काइँदैछ । उनीहरु पाकिस्तान, दुबई, कतार, साउदीलगायतका देशबाट आएका थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech