पेरुमा ग्याँस बोकेको ट्याँकर दुर्घटना, ज्यान गुमाउनेको संख्या ३० पुग्यो

  |   प्रकाशित :

पेरु । लिमामा गत जनवरी २३ मा १० हजार लिटर एलपिजी ग्याँस बोकेको ट्याँकर बिस्फोट भएको थियो । उक्त बिस्फोटबाट मृत्यु हुनेको संख्या ३० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अधिकांश व्यक्तिका शरीर जलेको कारण मृत्यु हुनेको संख्या बढेको मन्त्रालयले बताएको छ । तिब्र गतिमा दौडेको ट्याँकर सडकका खाल्डाखुल्डीमा परेर ग्याँस चुहिएको अनुसन्धानकर्ताले जानकारी दिइका छन ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech