देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु

  |   प्रकाशित :

काठमाडौं । सुनसरी, कैलाली र धादिङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

सुनसरी, धरान उपमहानगरपालिका-५ ठिङगाबारीस्थित सडकमा किसान चोकबाट ठिङगाबारीतर्फ जाँदै गरेको को५ त ७८४३ नम्बरको ट्याक्टरबाट लड्दा ट्याक्टरको पछाडिको चक्काले किची सोही ठाउँ बस्ने ४२ वर्षीय बुद्धराज लिम्बुको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै, कैलालीको गौरीगंगा नगरपालिका-६ बनभेडामा टिपरले ठक्कर दिँदा घोडाघोडी नगरपालिका-४ रामशिखरझालाका २८ वर्षीय भुवन चन्दको मृत्यु भएको छ । ना१क ८८०३ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको से७प ३९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । गम्भीर घाइते चन्दलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी बस्नेतले बताए । ठक्कर दिने चालकलाई टिपरसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ चरौँदी पुल नजिकै भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । आज बिहान काठमाडौँतर्फ जाँदै गरेको बीआर ६ जिडी ८६७१ नम्बरको भारतीय ट्रकले काठमाडौं बाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३/०२/०१४ प ३९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

ट्रकको ठक्करबाट स्कुटर चालक सोलुखुम्बु जिल्ला मुक्ली नगरपालिका-१ का २२ वर्षीय प्रकाश बस्नेतको घटनास्थलमै मृत्यु भएको र स्कुटरमा पछाडि सवार एक घाइते भएका छन् । घाइते काभ्रेका सनिष थापालाई उपचारका लागि काठमाडौंस्थित टिचिङ अस्पताल भर्ना गरिएको छ । दुर्घटनालगत्तै भागेका ट्रक चालकलाई गजुरी प्रहरीले पक्राउ गरेको छ ।

याे पनि पढ्नुहाेस्ः

१) टिपर आतंकः टिपरले यसरी दियो मोटरसाइकललाई ठक्कर, चालक ठहरै

२) भारतीय नम्बरको ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech