ललिता निवास जग्गा प्रकरणः १५ दिन भित्र जवाफ पेस गर्न सर्वोच्चको आदेश

  |   प्रकाशित :

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई १५ दिन भित्र जवाफ पेस गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

ललिता निवास जग्गा प्रकरणमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउनुपर्ने माग गर्दैै दायर गरेको रिटका आधारमा सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्रशम्शेर जवराको एकल इजलासले कारणसहित लिखित जवाफ पेश गर्न अख्तियारलाई भनेको छ ।

साथै मुद्दाको गाम्भीर्यता हेर्दा छिटो निर्णय गर्नु पर्ने भएकाले रिटलाई अग्राधिकार दिन पनि भनेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा तत्कालिन मन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech